धनगढी, ७ पुस/ नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाकै गृह जिल्ला बाजुरामा प्रधामन्त्रीको पुतला दहन गरिएको छ । संसद विघटनको चौतर्फी रुपमा व्यापक विरोध भइरहेका बेला जिल्लाको बुढीगंगा नगरपालिका–९ बाह्रविसमा प्रधानमन्त्री केपी ओलीको सोमबार साँझ पुत्ला दहन गरिएको हो ।
प्रदेश अध्यक्ष थापाकै वडामा पाटीको भातृ संगठन अनेरास्ववियु र नेपाली काँग्रेस भातृ संस्था नेपाल तरुण दलले संयुक्त रुपमा पुत्ला दहन गरिएको हो ।
सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त नगरपालिको–९ पुर्व उद्योग मन्त्री कर्ण थापाको वडामा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको नेपाल तरुण दल बाजुराका सदस्य अरुण थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेर लोकतन्त्र माथि नै खतरा उत्पन्न गराएकाले त्यसका विरुद्ध नेपाल तरुण दल र अनेरास्ववियुको सयुक्त आयोजनामा विरुद्ध प्रर्दशन गरी पुत्ला दहन गरिएको अनेरास्ववियुका नेता एवम् महेन्द्ररत्न क्याम्पस काठमाण्डौका अध्यक्ष दिपेन्द्र शाहीले बताए ।
उक्त पुतला दहन कार्यक्रममा अनेरास्ववियुका नेता एवम् महेन्द्ररत्न क्याम्पस काठमाण्डौका अध्यक्ष दिपेन्द्र शाही , नेपाल तरुण दलका सदस्य रुगम थापा , बुढीगंगा नगर कार्य समितीका सदस्य लक्ष्मण थापा , विद्यार्थी नेता जीवन थापा लगायत एक सय भन्दा बढी युवाको सहभागिता रहेको तरुण दल जिल्ला सदस्य थापाले बताए ।
