धनगढी, ७ पुस
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले होम आईसोलेशनमा बस्न समस्या भएका कोरोना संक्रमितलाई धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेशनमा बस्न आग्रह गरेका छन् ।
मंगलबार होपब्रीज संस्थाको सहयोगमा धनगढी उप–महानगरपालिकाको आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको बैठममा बोल्दै यस्तो धारणा राखेका हुन । होम आईसोलेशन बस्न साघुरो छ , एउटै सौचालय प्रयोग गर्नुपर्ने अवस्था छ भने त्यस्ता संक्रमितहरुलाई उप–महानगरपालिकाको आईसोलेशन पठाउन महिला स्वास्थ्य स्वयंसेविकाहरु संग अनुरोध गर्दछौं नगरप्रमुख वडले भने, ‘ वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा ब्यबस्थीत आईसोलेशन हामीले स्थापना गरेका छौं ।’ यहाँ महिला र पुरुषका लागि छुट्टै आईसोलेशन छ ।

धनगढी उप–महानगरपालिकाका प्रवत्ता तथा वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले कोरोना महामारीको समयमा धनगढी उप–महानगरपालिकाले नमुना काम गरेको बताए । हामीले होल्डिङ्ग सेन्टर संचालनमा ल्याएर देशभरीका मान्छेहरुको ब्यबस्थापन गरेका थियौं प्रवत्ता मुडभरीले भने, ‘ अहिले पनि ४ महिना देखि नगरवासीको निशुल्क पिसिआर परीक्षण गरिरहेका छौं ।’ प्रवत्ता मुडभरीले धनगढी उप–महानगरपालिकाले देशमै नमुना महिला आईसोलेशनको ब्यबस्था गरेको पनि बताए ।’

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी उपाध्यायले महिला स्वासथ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाम, परीक्षणका बिषयमा बढीभन्दाबढी प्रचारप्रशार गर्न आग्रह गरे । कार्यक्रमा होपब्रीजले महिला स्वास्थ्य स्वसंसेविकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रमको सहजीकरण होपब्रीजकासुदूरपश्चिम संयोजक महेन्द्र बमले गरेका थिए ।