धनगढी, ५ पुस/ बझाङमा नेकपाका प्रतिनिधि सभाका सदस्य आशा बिक, मान प्रशाद खत्रि र अफिलाल ओखेडा बाहेक सबै नेता दाहाल–नेपाल पक्षमा उभिएका छन् । सरकारले चालेको कदम प्रति बझाङ जिल्लाका नेता कार्यकर्ता पनि विभाजित भएका छन् ।
सुदूरपश्चिम प्रदेशका नेकपा सह ईन्चार्ज एंवम नेकपाका केन्द्रिय सदस्य भानुभक्त जोशि प्रधानमन्त्रिले चालेको कदम सहि नभएको पक्षमा छन् भने त्यस्तै अर्का केन्द्रिय सदस्य एवंम विघटित प्रतिनिधि सभाका सदस्य भैरब बहादुर सिहं पनि सरकारको यो कदमप्रति सन्तुष्ट छैनन् । साथै सिहं नेकपाका उपाध्यक्ष बामदेब निकट मानिन्छन् ।
अर्का केन्द्रिय सदस्य देबराज रेग्मी पनि प्रधानमन्त्रिको कदम विरुद्व छन । उनिहरु नेकपाका अध्यक्ष प्रचण्ड र माधब खेमा उभिएका स्रोतले जानकारि दिएको छ । यसै गरि प्रतिनिधि सभाका सदस्य आशा बिक सरकारले चालेको कदम प्रति सहमत हुनुहुन्छ । सुदुरपश्चिम प्रदेश सभाका सभामुख एंवम बझाङ जिल्ला क क्षेत्रका सांसद अर्जुन थापापनि सरकारले चालेको कदम प्रति सहमत नभएको स्रोतले जनाएको छ । उनि भिम रावल निकट मानिन्छन् ।
यसैगरि प्रदेश ख क्षेत्रकी सासंद देबकी मल्ल सरकारले चालेको कदम ठिक नभएकोमा खेमामा छिन् । प्रदेश सांसद माया तामाङ र शान्ती नेपालि पनि प्रधानमन्त्रिको गरेको कार्यमा असन्तुष्ट छिन , उनिहरु प्रचण्ड माधब खेमा छिन् । सविंधान सभा सदस्य भईसकेका मा सरकारले मान प्रशाद खत्रि र अफिलाल ओखेडा प्रधानमन्त्रि केपि ओलि खेमा उभिएका छन् । खत्रिलाई समाबेशि आयोगका अध्यक्षमा सरकारले नियुक्त गर्ने निर्णय समेत गरेको छ । यसै गरि अर्का संविधाम सभा सदस्य एलबि रावल प्रचण्ड माधब खेमा लागेका छन, उनि भिम रावल निकटका नेता मानिन्छन ।नेकपाका सुदुरपश्चिम कमिट सदस्य दिल बहादुर सिंह पनी माधव , प्रचण्ड खेममा उभिएका छन ।
यसै गरि नेकपा बझाङ जिल्ला अध्यक्ष मिन बहादुर कुवर प्रचण्ड माधब खेमा छन् , उनि प्रचण्ड निकट मानिन्छन् । पार्टि सचिब दमन भण्डारि प्रचण्ड माधब खेमा छन् । यस जिल्लामा १२ स्थानिय तह मध्ये ८ वटा स्थानियतहमा नेकपाले जितेको थियो । जयपृथ्वि नगरपालिका प्रमुख विरेन्द्र खड्का र उपप्रमुख जुना जाग्री प्रधानमन्त्रीले चालेको कदम प्रति असन्तुष्ट छन् । मष्टा गाउपालिका का अध्यक्ष कर्ण बहादुर कठायत र तलकोट गाउपालिका अध्यक्ष लाल बहादुर बिष्ट पनि सरकारले चालेको कदमका बिरुद्व रहेको जानकारि दिएको छ । दुर्गाथलि गाउपालिकाका अध्यक्ष प्रयागराज जोशि केदारस्यु गाउपलिकाका अध्यक्ष ईन्द्र भण्डारि छबिसपाथिभेराका अध्यक्ष अक्कल धामि र वित्थडचिर गाउँपालिका अध्यक्ष प्रेम बोहरा र थलारा गाउपलिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय पनि सरकारले चालेको कदमका बिरुद्व रहेको स्रोतले जानकारि दिएको छ ।