धनगढी, मंसिर २५/ बैतडीमा फेरी जिप दुर्घटना भएको छ।
बैतडीको पाटन १० मा जिप दुर्घटना भएको हो । आज बिहान ७ बजे पाटन १० को डैसिलीबाट बिप्याकटाल तर्फ आउदै गरेको नमस्ते सुक्लाफाटा यतायातको म १ ज ३५६ नं को जिप दुर्घटना हुदा चालक बिर बहादुर भण्डारी घाइते भएको हुन् ।
उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको खोडपे प्रहरी चौकीले जनाएको छ ।
जिप १०० मिटर तल खसेको छ । जिपमा सवार चालक मात्रै रहेको पनि बताइएको छ ।
