धनगढी, १९ मंसिर/ सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १४ गते अस्पताल भर्ना भएका गोदावरी नगरपालिका–३ का ७६ वर्षीया पुरुषको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।
उपचारको क्रममा आज बिहान करिब ७ बजेतिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।