• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको त्रिनगर प्रहरीको चेकपोष्ट, तथ्याङ्क व्यवस्थित गर्न खोलिएको कक्ष आफै अस्तव्यस्त

कैलाली १३ साउन
त्रिनगर प्रहरीको चेकपोष्टको सानो एक कोठा । त्यसमा तीन वटा कुर्सी, एक टेबुल र कर्मचारी एक जना । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार नाकामा स्थापना गरेको नागरिक सीमा सहायता कक्ष हो, यो । त्यहाँ खटिएका कर्मचारी दिनभर सहायता कक्षको कार्यालय कुरेर बस्छन् । त्यसमा न भारत जानेको तथ्यांक संकलन हुन्छ, न त सीमामा भोगेको समस्याबारे कसैले गुनासो गर्छन् । रोजगारीका लागि भारत जाने नेपालीको तथ्याङ्क व्यवस्थित गर्नका लागि सञ्चालनमा ल्याएको नागरिक सीमा सहायता कक्ष आफै अव्यवस्थित छ । स्थापना भएको आधा वर्ष बिते पनि नागरिक सीमा सहायता कक्ष कामविहीन छ ।

जुन उद्देश्य प्राप्तीका लागि नागरिक सहायता कक्ष खोलिएको त्यो उद्देश्य पूरा गर्नु त परै जाओस । नागरिक सहायता कक्ष नै प्रभावकारी बन्न सकेको छैन । गत ६ फागुनमा तामझामका साथ सहायता कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले भारत जाने सबै नेपालीको व्यवस्थित तथ्यांक राखिने बताएका थिए । तर ६ महिना बित्दा पनि सहायता कक्षबाट तथ्यांक संकलन हुन सकेको छैन ।

‘हालसम्म भारत जाने एक जनाको पनि तथ्यांक राखिएको छैन । न कसैले सीमा भोगेको समस्याबारे गुनासो गरेका छन् ।’ नागरिक सीमा सहायता कक्षमा कार्यरत नायब सुब्बा लालबहादुर धामीले भने–‘के काम गर्ने भन्ने नै तोकिएको छैन ।’ प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहायता कक्षमा खटाएको भनेर पत्र दिए पनि कामको जिम्मेवारी नतोक्दा बसेर दिन काट्ने गरेको उनले बताए ।

‘काम नभएपछि आउनेजाने मान्छे हेरेर बस्छु, दिन कटाउनै दिक्क छ ।’, उनले भने–‘न काम तोकिएको छ, न मन्त्रालयले विवरण माग्छ ।’ दैनिक सयौं नेपाली भारत जाने भएकाले एक जनाको भरमा तथ्यांक राख्ने काम संभव पनि नहुने उनको भनाइ छ । नागरिक सीमा सहायता कक्षमा उनी गएको वैशाखदेखि कार्यरत छन् । कामबिहीन भएर दिनभरि कार्यालयमा बस्दा दिकदार हुने गरेको धामीले बताए । ‘न काम छ न त जिम्मेवारी’, उनले थपे–‘दिनभरि बस्दा बस्दै दिक्क लाग्ने गर्दछ ।’

वैशाख १ गतेदेखि सहायता कक्षमा भारतको कुन ठाउँ, के कामका लागि जाने भन्ने तथ्यांक राखिने बताइएको थियो । सीमामा ओहोरदोहोर गर्दा नेपालीले भोग्नु परेका समस्या समाधानको सहजीकरण पनि सहायता कक्षबाट गर्ने भनिएको थियो । सहायता कक्षबारे जानकारी नभएर पनि हालसम्म कसैले गुनासो नगरेको हुनसक्ने धामीले बताए ।

काम नपाएपछि केही समय धामीले नेपाल आउने भारतीय नागरिकको तथ्याङ्क राख्ने कार्य गरेका थिए । तर, नागरिक सीमा सहायता कक्षको काम त्यो हुन नसक्ने भन्दै अहिले भारतीय नागरिकको तथ्याङ्क राख्न बन्द गरेका छन् । ‘भारतीयको तथ्याङ्क राख्ने काम त नेपाल प्रहरीले पनि गरिरहेको छ’, उनले थपे–‘प्रदेश सरकारलाई त्यो तथ्याङ्क आवश्यक नपर्ने भएकाले राख्न छोडिसकेको छु ।’

नागरिक सीमा सहायता कक्षमा विद्युत र शौचालय पनि छैन । त्रिनगर भन्सार कार्यालयबाट विद्युत ल्याएर पंखा चलाउने गरेको धामीले बताए । धामीले तथ्याङ्क व्यवस्थित तरिकाले राख्नका लागि जनशक्ति थप गर्नुका साथै छुट्टै ठाउँमा कार्यालय हुनु पर्ने उल्लेख गरे । हजारौं सुदूरपश्चिमेली रोजगारको शिलशिलामा भारतमा छन् । यसको आधिकारिक तथ्यांक भने कुनै निकायसँग छैन । भारत काम गर्न गएका कयौं उतै बेपत्ता छन् । तथ्यांक राख्न थालिएपछि भारतमा रहेका नेपालीको रोजगारीको स्थिति, कहाँ के काम गर्दैछ भन्ने थाहा हुने भएकाले बेपत्ता हुँदा पनि खोजविन गर्न सहज हुने प्रदेश सरकारको दावी थियो ।

यहाँको गड्डाचौकी र खक्रौला नाकामा पनि सहायता कक्ष स्थापना गरी तथ्यांंक राख्नेसँगै भारत जाने कामदारको स्वास्थ्य बीमाको ग्यारेण्टी, सीमा नाकामा अपनाउनुपर्ने सावधानीलगायत विषयमा पनि सहायता कक्षले काम गर्ने बताइएको थियो ।

कुनैबेला लामो समय भारतमा मजदुरी गरेका मुख्यमन्त्री भट्टले भारतमा रहेका नेपालीको अवस्था थाहा पाउन भारतीय रोजगारलाई व्यवस्थित गरिने बताउँदै आएका छन् । तर रोजगारीका लागि दैनिक कति नेपाली भारत जान्छन् भन्ने तथ्यांकसम्म सरकारले संकलन गर्न सकेको छैन ।

आन्तरिक मामिला तथा कानुन मत्रालयले पूर्वाधार र जनशक्ति अभावले सहायता कक्ष व्यवस्थित बनाउन नसकिएको जनाएको छ । मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशीले सहायता कक्ष व्यवस्थित गरिने बताए । प्रदेश सरकारले आउँदो भदौं, असोजसम्म त्रिनगर भन्सार र गड्डा चौकीमा भाडामा कोठा लिएर पनि नागरिक सीमा सहायता कक्ष व्यवस्थित गर्ने दाबी गरेको छ

सोमबार, साउन १३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.