काठमाडौं २४ असोज । कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार छलफल सुरु भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल भइरहेको छ ।
विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था गर्न लागिएको छ। कोरोना भाइरसको महामारीका कारण विद्यार्थीले डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था नभएकाले पढेकै विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको हो ।
परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तथा सामाजिक दूरी कायम गरिने मन्त्रालयले जनाएको छ। वैशाखमा सञ्चालन हुने परीक्षा कोरोनाका कारण सात महिनापछि गर्नेबारे छलफल थालिएको हो।
कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले अनुकुल हुने गरी लिन सक्ने छन्।