धनगढी,२६ असोज / कैलालीको धनगढीस्थित त्रिनगर ब्यारेलबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार साँझ धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर ब्यारेलमा शंका लागेर चेकजाँच गर्ने क्रममा गोदावरी नगरपालिका–५ का ३१ वर्षीय टंकराज भट्ट र २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ९६ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।