धनगढी, १९ असार
अत्तरिया उद्योग बाणिज्य संघका थप पाँच जना प्रहरी समक्ष हाजिर भएका छन् । बुधबार मात्रै संघले अत्तरियामा भएको पत्रकार सम्मेलनबाट अध्यक्ष सहित ३ जनालाई पक्राउ गरेको थियो ।
बिहिबार जिल्ला प्रहरी कार्यालय कैलालीमा अत्तरिया उद्योग बाणिज्य संघ सचिव शंकर खड्का, सदस्य रबिन्द्र खनाल व्यबसायीहरु रमेश बोगटी, मोहन पाठक, केशब न्यौन्यालल प्रहरी समक्ष हाजिर भएको अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
गोदावरी नगरपालिकाले ८ जना बिरुद्ध मुदा दर्ता गरेको थियो । नगरपालिका प्रबक्ता शर्मानन्द भट्टले नगरपालिकाको तेस्रो नगर सभाको उदघाटन सत्रको कार्यक्रमलाई अबरोध पुर्यायएको भन्दै केही ब्यक्ती बिरुद्द जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दायर गरेका थिए ।
नगरसभालाई बिथोल्न र अबरोध पुर्याउन पटक पटक प्रयास गरेकाले सार्वजनिक हित बिरुद्धको मुद्दा दायर गरिएको बाईएको छ । तर, कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुले भने उक्त कार्यमा सहमती जनाएका थिएनन् ।
नगरपालिकाले बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटा, कोषाध्यक्ष शंकर खड्का, कार्य मिती सदस्य दिपन कुमार साउँद,रवी खनाल लगाएत अन्य थप ४ जानाको नाममा मुदा दायर गरिएको थियो, असार १० गते सम्पन्न नगरसभाको उदघाटन सत्रको कार्यक्रममा आफुहरुलाई बोल्न नदिएको भन्दै अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष देबकोटा नेतृत्वको समुहले कार्यक्रममा पटक पटक अबरोधको प्रयास गरेका उनीहरुको आरोप छ ।
