धनगढी, ११ साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका छन् ।
संसदको राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख घिमिरेले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठाएका हुन । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने गरेको सूचना आयोगसँग रहेको घिमिरेले जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिए ।
उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उनले बताए । उनका अनुसार दाजु वडाध्यक्ष र भाई स्काभेटरको मालिक भएर काम गर्ने प्रवृत्ति छ । साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको उनले दावी गरे ।