सुर्खेत
साउन १३
कालिकोटको रास्कोट नगरपालिका वडा नं. १ वडालतोलामा सोमवार विहान ३ बजे पहिरो जादा ५ जा बेपत्ता भएका छन् ।
पहिरोमा परी स्थानीय जय बहादुर शाहीको ३ जनाको परिवार र बाहिर बाट पाहुना बनि गएका दुई जना गरी ५ जना बेपत्ता भएको रास्कोट नगरपालिका उप प्रमुख मिमसरा शाहीले जानकारी दिइन् ।
उनका अनुसार बेपत्ता सबैको खोजि कार्य सुरु भएको छ । बेपत्ता भएका जय बहादुर शाहीको ३ जनको परिवार बाहेक अरु २ जनाको ठेगाना खुल्न सकेको छैन । पहिरो गएको ठाउँमा फोन सम्पर्क सकैको नभएको कारण अझै क्षति के कति भएको छ त्यो विवरण आउन नसकेको उनले बताईन् ।
नगरपालिका प्रमुख कासिचन्द्र बरालले भने उद्धारको लागि घटना स्थलमा श्रम रोजगारको टोलि गइसकेको बताएका छन् । पहिरोको कारण ३ वटा घर र एक स्कुल अहिले उच्च जोखिममा रहेको भन्ने सुनिएको छ अब श्रम रोजगारको टोलिले सबै विवरण केहि समयमा ल्याउने उनले जानकारी दिए ।
रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा रहेका दुई वटा फुल पनि सोमवार रातिको बाडिले बगाएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिएका छन् । उनका अनुसार गाडि हिड्ने पक्की पुल र एउटा झोलुङ्गे पुल सोमवार राति बगाएको हो ।
सो खोलाको किनारमा रहेका एक घर बगाउदा उक्त घरमा बसोवास गर्ने विष्ण बुढाथापाको परिवार अहिले ओडारमा बसिरहेको अध्यक्ष सेजुवालले बताए ।