धनगढी,२७ असोज / कैलालीमा अवैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–७, मनेहरा गाउँबाट सोमबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेका भाँडावर्तन, किराना सामान र तीन थान साइकलसहित भारतको लखिमपुर खिरी, ग्राम पञ्चायत बिनौराका २२ वर्षीय वसी साहा, २४ वर्षीय नसिम साहा र २० वर्षीय सुहेल खाँन पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोस्ट मनेहराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई अन्दाजी ८९ हजार ९५० रुपैयाँ बराबरका सामानसहित फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।