धनगढी, १२ साउन/धनगढीको दृष्टि फाउण्डेसनलाई नयाँ स्कुटर हस्तान्तरण गरिएको छ।
लायन्स क्लब अफ धनगढी समृद्धिले आज एक कार्यक्रम मार्फत दृष्टि फाउण्डेसनलाई नयाँ स्कुटर हस्तान्तरण गरेको हो। लायन्स क्लब अफ धनगढी समृद्धिले फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई स्कुटर हस्तान्तरण गरिएको जनाएको छ।
गत चैतमा फाउण्डेसनको से ७ प २१८२ नम्बरको स्कुटरमाथि आगजनी भएपछि दाताहरुले खरिदका लागि आर्थिक सहयोग गरेका थिए।