सुर्खेत ।
उच्च शिक्षा अध्ययनको लागि अष्ट्रिेलियामा रहेका पपुलर बुढाथोकीले दैलेखको एक गाउँपालिकाका १,११ घरपरिवारहरुलाई खाद्यान्न सामाग्रि सहयोग गरेका छन् । दैलेख महाबु गाउँपालिका वडा नं. ३ बुवा देविकिरण र आमा ज्ञान कुमारी थापाको सुपुत्र पपुलरले आफ्नो ब्याक्तिगत खर्चमा उक्त सहयोग गरेको पपुलरका बुवा देविकिरणले जानकारी दिए ।

सहयोग गरेको खाद्यान्न लिदै स्थानीय बासिन्दा
कोरोना भाइरसबाट प्रभावित गाउँपालिकाका समुदायलाई लक्षित गरेर सहयोग गरिएको पपुलरले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका १,११ जना घरपरिवारलाई सहयोग गरिएको हो । उनले सो सहयोग आफ्नो ८१ बर्षीय हजुर बुवा राम बहादुर बुढाको हातबाट सहयोग हस्तान्तरण गरेका छन् । सो सहयोग सोहि गाउँपालिकाका ९३ बर्षीया दिप कुमारी पोखरेल र गाउँपालिका अध्यक्ष प्रेम कुमारी बुढा

सहयोगि पपुलर बुढा थोकी
वडा अध्यक्ष हिरासिङ बडुवाल लगायत अन्य समाजसेवी र गाउँका बुद्धिजिविहरुको उपस्थीतिमा सहयोग हस्तान्तर गरिएको थियो । सहयोगि पपुलर बुढाथाकीले यो भन्दा अगाडि पनि सो गाउँ पालिकामा स्वास्थ्य सामाग्रिहरु सहयोग गरेका थिए ।