कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मत्यु भएको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
शुक्रवार साँझ ५ बजे रड काट्ने मेसिन साइड लगाउने क्रममा करेन्ट लागेर घाईते भएका बमको उपचारका क्रममा धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको उनले बताए।