सुर्खेत
असार ३०
कालिकोट जिल्लाको एक स्थानीय तहले रोजगारी दिएका ३७५ जनालाई साउन १ गतेबाट लागू हुने गरी हटाउने निर्णय गरेको छ ।
जिल्लाको पलाँता गाउँपालिकाले सरकार र पार्टीको विवादका कारण रोजगारी दिएका ३७५ जनालाई पार्टीले हटाउन निर्देशन दिएपछि गाउँपालिकाले रोजगारी दिएका सबैलाई हटाउने निर्णय गरेको गाउँपालिकाका एक प्रतिनिधिले जानकारी दिए ।
उनका अनुसार रोजगारीबाट हटाइएकाहरुमा ३० स्वयमसेवक,३२ स्वास्थ्यकर्मी, ४२ जना बन चौकिदार, १५५ निर्माणदल,६२ जना शिक्षा तर्फका कर्मचारी, ११ सिबिल प्राबिधिक,२ कृषि प्राबिधिक,१३ उर्जा तर्फका कर्मचारी,१ बन कर्मचारी,१ खानेपानि कर्मचारी,१३ महिला शसक्ति करण कार्यक्रमका कर्मचारी,१३ जना प्रसासनका श्रेणि बिहिन कर्मचारि रहका छन् ।
कालिकोटको पलाँता गाउँपालिकाले नेपालमै पहिलो पटक स्थानीय युवाहरुलाई निर्माण कार्यदल बनाई रोजगारी दिएको थियो । युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर चर्चा पाएको पलाँता गाउँपालिकाले यो आर्थिक बर्षमा भने पार्टी भित्रको आन्तरिक कलहका कारण पार्टीको दबाबमा रोजगारी पाएका ठुलो जनशक्तिलाई हटाउने निर्णयमा पुगेको श्रोतले जानकारी दियो ।
यता पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले सुदुरपत्र सँगको कुराकानिमा पलाँतालाई यो उचाइ सम्म पु¥याउनमा निर्माण कार्यदल र अन्य कर्मचारीको ठुलो योगदान रहेको भन्दै । निर्माण कार्यदल लगायतका कर्मचारीहरुको पलाँता निर्माणको लागि खेलेको भुमिका अतुलनिय रहेको बताए ।
तर कर्मचारी हटाउनु पर्ने बाध्यतालाई उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो कार्यकालको भरीको साउन १ गतेको दिनलाई कालो दिनको रुपमा लिएको लेखेका छन् ।
पलाँतामा हुने गरेका बेला बेलाका बिवादहरुलाई मिलाउनको लागि जिल्ला पार्टीको समन्वयमा पलाँताको स्थानीय पार्टी र पलाँता सरकार बिच ११ बुदे सम्झौता पत्र भएको थियो । ११ बुदे सम्झौता पत्रमा पलाँता सरकारले रोजगारी दिएका निर्माण कार्यदल र अन्य कर्मचारीलाई हटाउनु पर्ने माग राखिएकोले सबैलाई रोगजारीबाट बिदा गर्न लागिएको गाउँपालिका श्रोतले समचारदैनिक सँग भन्यो ।
निर्माण कार्यदलका युवाहरुले नै पलाँता समृद्धिको दिसातिर उन्मुख भएको हो तर आज हटाउनु पर्ने बाध्यताले आफुहरु दुखित भएको गाउँपालिका एक जना वडा अध्यक्षले जानकारी दिए ।