• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश सरकार बजेटमाथिको छलफल नै नगरी पारित गर्ने तयारीमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट संसदमा छलफल नै नगरी पारित गर्ने तयारी गरेको छ ।प्रदेश सभामा प्रतिपक्षी दलहरू– नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै गत १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित भइरहेको छ ।

प्रतिपक्षी दलहरूले ‘कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने, जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने, कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुस्प्रभावलाई दृष्टिगत गर्दै तदनुरुपका कार्यक्रम ल्याउनु पर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमबासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने’ लगायतका माग अघिसार्दै संसदमा अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले सरकारले यी सवालमा विश्वासयोग्य प्रतिवद्धता व्यक्त नगरेसम्म सदन चल्न नदिने अडान राख्दै आएका छन् ।

संसदमा निरन्तरको विरोधबीच सरकारले सहमतिका लागि भन्दै केही चरणमा प्रतिपक्षी दलहरूसंग वार्ता, छलफल गरे पनि उनीहरूका सवाललाई गम्भीरतापूर्वक नलिएको प्रतिपक्षीहरूको आरोप छ ।

प्रतिपक्षी दलहरूका सवालहरूमा खासै चासो नदिएको सुदूरपश्चिम प्रदेश सरकारले संसदमा विरोधबीच नै बजेट पारित गर्ने तयारी थालेको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बोलाइएको संसदीय दलको बैठकमा संसदमा बजेट माथिको छलफल प्रक्रियामा नगएर नै बजेट पारित गर्ने निर्णय भएको बताइएको छ ।

नेकपाका प्रदेश सभा सदस्य लिलाधर भट्टले संसदीय दलको बैठकमा संसदमा छलफल नगरेर नै बजेट पारित गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– प्रतिपक्षी दलहरूले सदन अवरोध गर्दा सत्तापक्षका सांसदहरूका धारणा पनि प्रस्तुत हुन पाएका थिएनन । त्यहा धारणा व्यक्त गर्न नपाए पनि सांसदहरूले संसदीय दलको बैठकमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको दलको १४ औं बैठकमा सहभागी प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले भने– प्रतिपक्षी दलहरू सकारात्मक भएर आएपछि छलफल अघि बढ्ला, नभए दलको निर्णय मान्नै पर्यो ।

उनले दलको बैठकमा बजेटमा भएका प्राविधिक त्रुटी, कार्यक्रममा उल्लेख गरिएका स्थान पछि हेरफेर गर्न मिल्ने मौखिम सहमति भएको बताए ।

संसदीय दलको बैठकमा सत्तापक्षीय सांसदहरूले बजेट असन्तुलित भएको, योजनाहरूमा विभेद गरिएको लगायतकाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले संसदीय दलको बैठकमा बजेटका योजना, कार्यक्रम लगायतका विषयमा छलफल भएको बताए ।

यसअघिसम्म आगामी आर्थिक वर्षको बजेट असन्तुलित तथा योजना बाँडफाँटमा विभेद लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका सत्तापक्षका सदस्यहरू संसदीय दलको बैठकपछि “मौन” भएका छन । सत्तापक्षका सांसदहरूले यसअघिसम्म प्रदेश सरकारको बजेटले महिला, दलित, हलिया, मुक्त कमैया, अपाङ्गता भएका व्यक्तिहरूका सवाल र भावनालाई सम्बोधन गर्न नसकेको, योजना बाडफाटमा विभेद गरिएको गुनासो गर्दै आएका थिए ।

नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले ‘प्रतिपक्षी दलहरूले संसदमा बजेटमाथिको छलफलका लागि वातावरण बन्न नदिएको आरोप लगाइन् । उनले भनिन्– अब हामीले संसदमा बजेटमाथिको छलफल नै नगरी बजेट पारित गर्नुपर्ने अवस्था आएको छ ।

सत्तापक्षका सदस्य दुर्गा कामीले बजेटमा पूर्वाधार विकास कार्यक्रममा विभेद गरिएको बताइन ।

५३ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा सत्तापक्षका ३९, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका १२ र जनता समाजवादीका दुई जना सदस्य रहेका छन ।

विरोधबीच छलफल अघि बढाइयो

सुदूरपश्चिम प्रदेश सभामा मंगलबार पनि प्रतिपक्षी दलहरूले नाराबाजीसहित विरोध जारी राखे । प्रतिपक्षी दलहरूको विरोध जारी रहदै गर्दा मंगलबार दिउँसो ३ बजे आह्वान गरिएको प्रदेश सभाको छैठौ अधिवेशनको २२ औं बैठक अघि बढाइयो ।

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले ‘छैठौं अधिवेशनको २२ औं वैठकको कारबाही प्रारम्भ हुन्छ’ भनेर घोषणा गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजबादी पार्टी नाराबाजी गर्दै रोष्टम अगाडि उभिए ।

सभामुख थापाले प्रतिपक्षी दलहरूको विरोधबीच बैठकको कारबाही अघि बढाए । उनले ‘प्रदेश सभा नियमावली २०७४ को नियम १३० उपनियम २ बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७र७८ राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको कारबाही प्रारम्भ हुन्छ’ भनी सदनमा जानकारी दिए ।

प्रतिपक्षी दलहरूले नाराबाजी गरिरहेकै बेला सत्तापक्षका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले ‘नियमापत्ती’ गरे । उनले भने– प्रतिपक्षी दलहरूले विरोध गर्न पाउँछन्, तर सभामुखतिर उल्टो मुख फर्काउन पाइदैन । प्रदेश सभा सदस्य सोडारीको नियमापत्तिपछि प्रतिपक्षी दलहरूले गल्ती सच्याउदै नाराबाजी जारी राखे ।

होहल्ला र नाराबाजीबीच बजेटमाथिको छलफलमा भाग लिएका सत्तापक्षका सांसद हर्कबहादुर कुँवरले आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि समर्थन जनाए । उनले ‘सरकारको बजेटले समाज र जनताको प्रगति र उन्नती गर्ने भएकोले बजेटलाई समर्थन गर्न चाहन्छु’ भने ।

सभामुख थापाले ‘बैठकको निर्धारित समय समाप्त भएकाले अर्को बैठक असार २४ गते विहान ८ बजे’ आह्वान गरे ।

प्रतिपक्षी दलहरूले ‘पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने, जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने’ लगायतका माग राख्दै सदनमा नाराबाजी गरेका थिए ।

बुधबार, असार २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.