• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बर्षे अधिवेशनकाे ५६ दिन : नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयकहरू पारित

काठमाडाैं : सङ्घीय संसदको छैटाैँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएकाे छ ।

यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५० मिनेट) सञ्चालन भएका छन् । अधिवेशनको अवधि समयको हिसाबले छोटो भए पनि ऐतिहासिक काम भएका छन् । नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेकाे नक्सा नेपालकाे निसान छापमा राख्ने गरी संविधानको दोस्रो संशोधन भएको छ ।

नेपालकाे नक्सा समेटिएकाे संविधान संसाेधन संसदबाट सर्वसम्मत पास हुने नेपालकाे संसदीय इतिहासमा नै पहिलाे घटनाका रूपमा रहेकाे छ भने यसबाट राष्ट्रिय एकता प्रदर्शन भएकाे छ । साथै नेपालको प्रशासनिक तथा राजनीतिक नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ । यस अवधिमा भएको महत्वपूर्ण काममध्ये यो एउटा हो ।

साथै याे बजेट अधिवेशन पनि भएकाले पनि स्वाभाविक रूपमा यसले बढी समय सरकारका नीति तथा कार्यक्रम र बजेटसँग सम्बन्धित विषयमा खर्च गर्याे ।

त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ पनि पारित भएको छ । बिहीबारको बैठकबाट पारित भएको यो विधेयक प्रमाणीकरण हुन भने बाँकी छ । देश सङ्घीयतामा गइसकेपछि सङ्घीय मोडललाई व्यवस्थापन गर्ने महत्वपूर्ण अर्को उपलब्धीको रुपमा यसलाई लिन सकिन्छ । उसो त प्रमाणीकरण भएका सबै विधेयकको आफ्नो ठाउँमा उत्तिकै महत्त्व छन् ।

तर पनि यस अवधिमा निजामति कर्मचारीसम्बन्धी विधेयक पारित हुन सकेन । कर्मचारीको व्यवस्थापनका लागि यो महत्वपर्ण विधेयकको रुपमा हेरिएको थियो । त्यस्तै, नागरिकतासम्बन्धी विधेयक पनि अर्को महत्वपूर्ण विधेयक थियो । त्यो विधेयक पारित हुन सकेन ।

संसद सचिवालयले दिएको जानकारीअनुसार वैशाख २६ गते अपरान्ह ४ बजेबाट शुरु भएको संसद अधिवेशन असार १८ गते अपरान्ह ५ बजेबाट विधिवत अन्त्य भएको हो । सो अवधिमा १९ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये प्रतिनिधि सभातर्फ १४ र राष्ट्रिय सभातर्फ पाँच छन् । संसदमा प्रस्तुत हुन बाँकी विधेयक सङ्ख्या १३ छन् । सचिवालयका अनुसार १० वटा पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

त्यस्तै, दुवै सदनबाट पारlत दुई वटा विधेयक प्रमाणीकरण हुन बाँकी छन् । सोहीअनुसार विचाराधीन विधेयक सङ्ख्या १९ छ । जसमध्ये प्रतिनिधिसभातर्फ १५ र राष्ट्रियसभातर्फ तीन छन् । त्यस्तै संसद समितिमा विचाराधीन विधयेक सङ्ख्या २० छ । दुवै सदनतर्फ १०–१० विधेयक छन् । सोहीअनुसार दर्ता भएका संसदीय प्रस्ताव १४ छन् । त्यस्तै, संंसदमा यस अवधिमा नाै वटा सङ्कल्प प्रस्ताव दर्ता भएका छन् भने दुई वटा विशेष सङ्कल्प प्रस्ताव छन् । त्यस्तै विचाराधीन सन्धी सम्झौताको सङ्ख्या आठ रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। गोरखापत्र दैनिकमा ​लक्की चौधरीले खबर लेखेका छन् ।

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.