• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधान विपरित रहेको ठहर गरेको हो ।

पार्टीको १४औं महाधिवेशन र राज्यव्यवस्था समितिले पारित गरेको नागरिकता विधेयकका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरितको कांग्रेसले ठहर गरेको छ ।

नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहेको औल्याउँदै कांग्रेसले,‘यो बैठक सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ ।’

राज्य व्यवस्था समितिमा पार्टीका सांसदहरुले फरक मत राखीसकेको उल्लेख गर्दै कांग्रेसले भनेको छ,‘यसै अनुसार संसदमा प्रस्तुत हुन यो बैठक नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ ।’

बैठकमा बोल्ने अधिकांस सदस्यहरूले कानुन कहिल्यैपनि पश्चगामी हुन नसक्ने भन्दै सरकार र सत्तारुढ दल पछाडि फर्कन लागि परेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यता विपरित रहेको भन्दै कांग्रेस नेताहरूले ओलीको आलोचना गरेका छन् ।आफ्नो असफलतालाई छोप्न प्रधानमन्त्रीले संसद र आफ्नै संसदीय दललाई लान्छित गरेको जनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ती प्रकट गरे ।

नयाँ नक्सा पारित गरेकाले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाएको भन्ने ओलीको धारणाप्रति असन्तुष्टी जनाउँदै शर्माले भने, ‘यो एक प्रधानमन्त्रीको विषय होइन । सिगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ । तर, प्रधानमन्त्रीको गैरराजनीति अभिव्यक्तिले बहुमतको सार्वभौमिता र नेपालको संसदलाई अपमानीत गर्ने काम गरेको छ ।’ जनताले झन्डै दुई तिहाइको सुविधा दिंदादिंदै अनुकुल परिस्थितिलाई प्रतिकुलतातर्फ बदल्ने र विषयआन्तर गर्न प्रधानमन्त्री लागि परेको कांग्रेसको बुझाइ छ ।

पदाधिकारीले असार १४ गते तयार गरेको १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बोलाएपनि निर्णय गर्न बाँकी छ । १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राखेर कांग्रेसले संगठन समायोजन, सदस्यता वितरण, छानविनको कार्यतालिका संशोधन गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण पूर्वर्निधारीत कार्यतालिका प्रभावित भएपछि कात्तिकबाट गर्ने भनिएको तल्लो तहको अधिवेशन दुई महिना पर सार्दै पुसमा सार्ने गर्नेगरी कार्यातालिका संशोधन गरिएको छ । बुधबार बस्ने बैठकले महाधिवेशन कार्यतालिकासहितका विषयमा निर्णय लिनेछ ।

बुधबार, असार १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.