गौर । रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका छन् । संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको आरोप लगाउदै मन्त्री त्रिपाठीको राजिनामा मागिएको हो ।
उक्त नगरपालिकामा विगत डेढ महिनामा ५ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी मन्त्रालयले स्थिति प्रतिकुल बनाएको भन्दै राजिनामा नदिए वा प्रधानमन्त्रीले बर्खास्त नगरे नगरपालिकाको कार्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका हुन् ।
नगर उपप्रमुख परनिया देवीसहित ६ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुद्वारा जारी प्रेस वक्तव्य जारी गरि कोरोना महामारीसंग जुध्नुपर्ने महत्त्वपूर्ण घडीमा मन्त्रालयबाट सरुवाको नाटक मञ्चन गरी नगरलाई संकटमा पारिएको आरोप लगाएका छन् ।
अधिकृत नहुँदा क्वारेन्टाइन अस्तव्यस्त भएको र देशमै सबैभन्दा अव्यवस्थित क्वारेन्टाइन उक्त नगरपालिकामा बनेको उनीहरुको आरोप छ । दुई वर्ष बस्दै नबसेको नगरसभा प्र।प्र। अधिकृत सिकिन्द्र साहको पहलमा केही महिना अगाडि मात्रै बैठक बसी सर्वसम्मत ढंगले बजेट पारित गरेको थियो । बजेट पारित भई कार्यान्वयनको जटिल अवस्थामा एवं कोरोना सन्त्रास र लकडाउनमा मन्त्रालयबाट सहयोग र सहजीकरण गर्नुको सट्टा निरन्तर हस्तक्षेप गरि अस्तव्यस्त पार्ने कार्य निन्दनीय छ ।
कोरोना सन्त्रास र लकडाउनमा डेढ महिनामा ५ जना हाकिम सरुवा गरि संघीय सरकारले कोरोनाप्रति कति गम्भीर तथा स्थिरता र सुशासनको कस्तो अभ्यास गर्दैछरु आफैमा विचारणीय छ ।ू वक्तव्यमा उल्लेख छ । ‘आज संकटपूर्ण अवस्थामा यो नगरपालिका अस्तव्यस्त भएको छ, क्वारेन्टाइनको अवस्था दयनीय छ, बजेट खर्च करिबकरिब शून्य छ, राहत र बचाउको कार्य पनि कमजोर नै छ । यसको जिम्मा कसले लिने रु संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको छ ।
तसर्थ माननीय मन्त्री हृदयेश त्रिपाठीले यो सम्पूर्ण कार्यको जिम्मा लिएर नैतिकताको आधारमा राजिनामा दिन जरुरी छ । यदि मन्त्रीले राजिनामा नदिए संघीय सरकार स्थानीय तहको क्षेत्राधिकारप्रति जिम्मेवार, कोरोना संक्रमणप्रति गम्भीर तथा स्थिरता र सुशासनको लागि प्रतिबद्ध छ भन्ने मा। मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछौं ।’ वक्तव्यमा भनिएको छ, ‘यस नगरपालिकाको हाकिम सरुवामा मा। मन्त्रीको स्तरबाट भईरहेको अदृश्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन संघीय सरकार खासगरी सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा चितबुझ्दो कदम नचालिए यो नगरपालिका कार्यालय अनिश्चितकालीन बन्द गर्न बाध्य हुने व्यवहोरा अनुरोध गर्दछौं ।’
कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हाम्रो नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा गरी भोजबहादुर ऐडीलाई पठाएको थियो ।
ऐडी नगरपालिकामा हाजिर भएको एक हप्ता नपुग्दै विजय कार्कीलाई वैशाख १८ गते हाजिर गराइयो । लगत्तै कार्कीको सरुवा गरी वैशाख २८ गते मनोज रजकलाई पठाइयो । मनोज रजक हाजिर हुन खोजिरहेकै बेला ५ दिनपछि उनको पनि सरुवा भई एक जना नासुलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको बताइएको छ ।