धनगढी, १९ जेठ- कैलालीमा भारतबाट स्वदेश फर्केकाहरुलाई क्वारेन्टाइनमा नराखिकनै सिधै घर पठाउन थलिएको छ । भारतबाट तथा देशका बिभिन्न जिल्लाबाट घर फर्केकाहरुलाई १५ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने नियम सरकारले गरेको छ ।
सम्बन्धीत स्थानिय तहका प्रतिनिधीहरुले सिमानबाट ल्याएर नेपालीहरुलाई सडकमै छोडिदिएका छन् । कैलालीका राजमार्गका बिभिन्न बजारमा सडको चौकमै छोडेको देख्न सकिन्छ । हामीलाई सिमानाबाट ल्याएर सडकमै अपलत्र छोडिएको भारतबाट नेपाल आएका एक जनाले नाम नबताउने सर्तमा बताए । उनीहरुलाई क्वारेन्टाईनमा राख्नुको साथै स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ ।
कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पन ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गएको दुईहप्ता यता भारतीय सीमा नाका भएर नेपालीहरू भित्रिन सुरु भएसंगै स्थानीय पालिकाहरुमा क्वारेन्टाइन व्यवस्थापन समेत समस्या देखिन थालेको छ ।
(हेर्नुहोस् फोटोहरु )

