धनगढीबाट जोगबुढा जादै गरेको से १ ख १३७० नम्बरको ट्रक सहित १ लाख ८ हजार बराबरको मदिरा फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो ।
गए राती ९ बजे तिर चेक जाँचको क्रममा सिमेन्ट सरिया बोकेको गाडिमा लुकाई छिपाइ राखेको अबस्थामा उक्त मदिरा फेला पारेको हो । मदिरा साहु तेज ब. बोहरा र चालक खगेन्द्र साउद सहित जरिवाना तथा थप कारबाहि गर्न जि प्र का कैलाली पठाइएको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताउछन ।