धनगढी, १३ जेठ- धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डक्टर रण बहादूर रावलले मुख्यमन्त्रीका स्वकिय सचिवको गलत प्रचारका कारण आउन नचाहानेपनि भाडाका गाडी दिएर सिमामा पुगेको बताएका छन् । प्रदेशको जिम्मेवार ब्यक्ती मुख्यमन्त्रीको स्वकिय सचिवका कारण हुलका हुल नेपाली सिमामा पुगे । उनले भने ‘उनिहरुलाई ब्यवस्थापन गर्न निकै समस्या श्रृजना भएको छ ।
२ हजार देखी ५ हजार सम्म दिनहुँ सिमाबाट स्वदेश फर्किरहेका छन् । अँझ ३ देखी ५ लाख नागरिक स्वदेश फर्किनेवाला छन् । उनिहरु तयार भएर बसेका छन् ।
अब उनिहरुको ब्यवस्थापन र रोजगारीको ग्यारेन्टी लिनुपर्छ ।
सरकार आफुले निकै काम गरेको जस्तो लागेको होला उनले भने ‘जनतामा भने सरकार छ की छैन भन्ने प्रस्न उठेको छ ।’ एउटा स्थानिय तह बराबर काम देखाउन नसक्ने प्रदेश सरकार किन आवश्यक उनले प्रश्न गरे ।