धनगढी, ८ जेठ- भारतबाट कैैलालीको सीमानाका पुगेका नेपालीलाई पलिया फर्काएर अलपत्र छोडिएपछि उनीहरुको अवस्था विचल्ली भएको छ । स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाकासम्म पुगेका मजदुरहरुलाई सीमावर्ती भारतीय क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाईनमा अस्तव्यस्त रुपमा भोक भोकै राखिएको छ ।
उनीहरुले आफुहरुको विचल्ली हुँदा पनि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कुनै पहल नगरेको भन्दै आक्रोस पोखेका छन् । क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था दईनिय रहेको त्यहाँ रहेका वैतडीका प्रकाश चन्दले बताए ।
उनले नेपालीहरुको अवस्था नाजुक रहेको र अलपत्र पारिएको बताए । घर फर्किन पलिया पुगेका चन्दले भने– मुख्यमन्त्री ज्यु एसीमा वस्न थालेपछि स्वयम् तपाईले भोगेको पिडा बिर्सिनु भयो ? हाम्रो पिडा स्वयम तपाईले पनि भोग्नु भएको छ । कृपया हाम्रो उद्धार गरि दिनुहोस् ।