• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी उपमहानगरपालिका उद्वार र खाना खुवाउदै, प्रदेश सरकार अलमलमै

धनगढी, ८ जेठ- भारतबाट आएका नेपालीहरुलाई धनगढी उपमहानगरपालिकाले उद्वारा गरी खानपान र गन्तव्य पठाउने बिषयमा समन्यव गरिरहेको छ । भारतबाट आएका सुदूरपश्चिमका नागरिकलाई सिमानाबाट ल्याएर धनगढी स्थीत नवदुर्गा उच्च माविको क्वारेन्टाईन बनाई आश्रय दिएको छ । उता प्रदेश सरकार भारतबाट फर्केका नागरिकलाई कसरी उद्वार र गन्तव्य सम्म पुगाउने भन्ने बिषयमा अन्यौलमै रहेको देखिन्छ ।

तर कैलालीको गौरीफन्टा नाका भएर नेपाल आउनेलाई जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र धनगढीका व्यवसायीले भने सक्दो सहयोग गर्दै घर पठाईरहँदा पनि प्रदेश सरकारले भने यस बारेमा कुनै चासो देखाएको छैन् ।लकडाउनका कारण जनजीवन अस्तव्यस्त भएका कारण रोजगारी गुमाएर नेपाल भित्रिने नेपालीहरुको संख्या दैनिक वढी रहेको छ । प्रायः हजारौंको संख्यामा जन्मभुमी फर्किने नेपालीहरुले भोकभोकै घर जानुपर्ने अवस्था रहेको छ । कतिपय भने सम्बन्धि स्थानीय तहले वेवास्ता गर्दा घर समेत जान पाएका छैनन् ।

प्रशासनसँगै धनगढी उपमहानगरपालिकाले पनि अव एक्लै उद्धार गरेर सम्बन्धित तहमा पठाउन नसकिने पनि उतका स्थानिय तहका प्रमुख संग छलफल गरिरहेको बताए । प्रदेश सरकारले प्रदेशका सवै स्थानीय तहलाई कोरोनाको लागि अनुदान पठाएको भएपनि सीमा क्षेत्रमा पुगेका सवैलाई उपमहानगरपालिकाले उद्धार गर्न नसकिने अवस्था रहेको मेयर नृप वड बताउँछन । ‘प्रदेश सरकारले आफु अहिलेसम्म केही गरेको छैन । सवै स्थानीय तहलाई पैसा पठाईएको छ । कसैले पनि पैसा खर्च गरेका छैनन् । तर धनगढी उपमहानगरपालिका एक्लै यहाँ पुगेकाहरुको उद्धारमा लागिरहेको छ । हामीले नवदुर्गा मावि कैलाली वहुमुखी क्याम्पसमा उनीहरुलाई राखेर खाने व्यवस्था गरेका छौं । दैनिक रुपमा मध्यरातसम्म गौरीफन्टामा म नपुगेको दिन नै छैैन ।प्रदेश सरकारले त केही पहल पनि गरेको छैन् । सडकका लागि बजेट छुट्याउन मन्त्री परिषदको वैठक हुने सीमामा अलपत्र सुुदुरपश्चिमेलीलाई ल्याउन वैठक नै नबस्ने निर्णय नै नहुने ?’ मेयर वडले भने ।

स्वयम् भारतमा रोजगारी गरिसकेका मुख्यमन्त्री त्रिलोचन भट्ट त्यहाँको दुःख पिडाको भुक्तभोगी भएपनि उनी अहिलेसम्म एक पटक पनि न सीमा क्षेत्रमा पुगेका छन न त नेपाल फर्किरहेका नेपालीहरुको बारेमा जान्ने चासो नै देखाएका छन् । प्रदेश सरकारले नेपालीहरुको उद्धारमा चासो नदेखाएकै कारण नेपाल आउनेलाई खाने वस्नेको समस्या भईरहेको छ । स्थानीय प्रशासनले व्यापारीहरुलाई हार गुहार गरेर केही व्यवस्थापन गरे पनि त्यो भने पर्याप्त हुन सकेको छैन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्धार गरेपछि सम्बन्धित पालिकासम्म पुगाउनका लागि प्रशासन एक्लैले नसक्ने भएकाले प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको खाँचो रहेको बताए ।

‘सीमामा ¥यापिड टेस्ट गराएर उनीहरुलाई सम्बन्धित पालिकासम्म पुगाउने जिम्मा स्थानीय र प्रदेश सरकारले लिनुपर्छ । हामी अलपत्र नेपालीको उद्धार गर्न तयार छौँ ।’ प्रमुख जिल्ला अधिकारी बोहराले भने । उनले उद्धारमा भन्दा पनि सीमा वारी पुगिसकेपछि गन्तव्यमा पठाउन समस्या रहेको बताए । हालसम्म तीन हजारभन्दा वढी नेपालीको उद्धार गरेकोे प्रशासनले उनीहरुलाई गन्तव्यमा पठाउन निकै समस्या झेल्नु परेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले व्यापारी र संघ संस्थाहरुसँग सहयोगका लागि याचना गरेपछि मात्रै उनीहरुलाई गन्तव्यसम्म पठाईएको बताए । ‘ ’ ‘भारतबाट फर्किएका नेपालीहरुसंग धनगढीबाट घरसम्म पुग्ने भाडा पनि थिएन । व्यापारीहरुसँग सहयोग मागेर हामीले भाडा र खाना नास्ताको व्यवस्था गरेका थियौँ । तर सधै व्यापारीहरुसँग कति सहयोग माग्नु । प्रदेश र स्थानीय सरकारले समन्वय गरे सहज हुने थियो ।’ सूचना अधिकारी जोशीले भने ।

प्रदेश सरकार निद्रामै रहेका वेला धनगढीका व्यवसायीहरुले भने भारतबाट उद्धार गरिएकाहरुलाई खाना वस्ने व्यवस्था सहित उनीहरुलाई गन्तव्यमा पुराउने काम गरिरहेका छन् । कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भारतमा आएकाहरुलाई खानाको व्यवस्था गरेका छन् । सीमावर्ती गौरीफन्टाबाट नेपाल ल्याईएका नेपालीहरुलाई मध्यरामा बरिष्ठ उपाध्यक्ष ओझाले खानाको व्यवस्था गरेका हुन् । राती ११ बजेसम्म सीमा पुगेर सम्बन्धित ठाउँ जान नपाएका नेपालीहरुलाई दाल भात तरकारी तथा सुख्खा खानाको व्यवस्था गरिएको ओझाले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गौरीफन्टाबाट ८ सय ५५ जना भित्रिएकोमा ३५० जनालाई सीमा छेउकै नवदुर्गा माविको क्वारेन्टाईनमा राखिएको छ ।

सुरुमा त्यहाँ पुगेका २५० जनालाई दाल भात तरकारी खुवाईएपछि नेपालीहरु थपिने क्रम जारी रहँदा राति १ बजे चाउ चिउरा विस्कुट पानी लगायतका खाद्य सामाग्रीहरु बरिष्ठ उपाध्यक्ष ओझाले व्यवस्था गर्दै खुवाएका थिए । राती डेढ बजेसम्म आफु सहित धनगढी उपमहानगरपालिका मेयर नृप ओड र पत्रकार दिर्घराज उपाध्यायले क्वारेन्टाईनमा रहेका नेपालीहरुको चाजोपाजो मिलाएको ओझाले बताए । ‘सुरुमा आएकाहरुलाई दाल भात तरकारी बनाउन खाना बनाउने मान्छे खोजेका थियौं तर खाना बनाउने मान्छे धेरै जना देखेर भाग्यो । त्यसपछि त्यहाँ रहेका दाजुभाईले आफै खाना बनाएर खाए । वरिष्ठ उपाध्यक्ष ओझाले भने– त्यसपछि पनि थपिने क्रम जारी भएपछि राति डिपार्टमेन्टल स्टोर खुलाएर ड्राई फुडको व्यवस्था गरी उहाँहरुलाई दिएका हौं ।’

यता भारतबाट फर्किएका १८ जनालाई देव तालिम केन्द्रमा गासवासको व्यवस्था गरिएको छ । भारतबाट ४५ दिनसम्मको क्वारेन्टाइन बसाईबाट फर्किएका १८ जना लाई देव तालिम केन्द्रमा आवासको व्यवस्था गरेको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले जानकारी दिए । त्यहाँ वसेकामध्ये ८ जना आफ्नो गृह जिल्ला पठाईएको र १० जना तालिम केन्द्रमै बसिरहेको पन्तले बताए । तालिम केन्द्रले बस्ने व्यवस्था गरेकोमा खानाको व्यवस्था उद्योगी श्याम तायलले गरेका छन् । गन्तव्यसम्म पुग्ने व्यवस्था जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको हो । सामाजिक दुरी कायम गर्दै १५÷२० जनालाई दुई सातादेखि फार्म हाउस फुलवारी १४ मा काम दिएको पन्तले बताए । छाक टार्न समस्या भएका उनीहरुलाई समान ज्यालामा कामको व्यवस्था गरिएको हो । यता मारवाडी सेवा समाजले पनि धनगढी पुगेकाहरुलाई खाना सहित गन्तव्यसम्म पुराउन वसहरुको व्यवस्था गरेको समाजका उपाध्यक्ष अनिल भुजानियले बताए । ‘सुरुमा आएकालाई खानाको व्यवस्था ग¥यौ । १४२ जनालाई वस दिएर पोखरा र झापासम्म पठायौ । वाटोमा उहाँहरु सवैको खानाको व्यवस्था पनि ग¥यौ । समस्यामा परेकाहरुलाई यहाँहरुका व्यवसायीहरुसँग सहयोग मागेर सक्दो सहयोग गरिरहेका छौं ।’ उपाध्यक्ष भुजानियाले भने ।

भारतबाट कैैलालीको सीमानाका पुगेपछि र नेपाल प्रवेश गरेपछि विभिन्न स्थानमा जाने नेपालीहरुको विचल्ली हुँदै आएको छ । उनीहरुले आफुहरुको विचल्ली हुँदा पनि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कुनै पहल नगरेको भन्दै आक्रोस पोखिरहेका छन् । क्वारेन्टाईनमा राखिएका र भारतका विभिन्न शहरहरुबाट सीमावर्ती क्षेत्र पुगिरहेका नेपालीहरुको अवस्था दईनिय रहेको पलियामा रहेका वैतडीका लोकेन्द्र कुँवरले बताए । उनले नेपालीहरुको अवस्था नाजुक रहेको र अलपत्र पारिएको बताए । घर फर्किन पाएका चन्दले भने– ‘मुख्यमन्त्री ज्यु एसीमा वस्न थालेपछि स्वयम् तपाईले भोगेको पिडा बिर्सिनु भयो ? हामीहरुको पिडा स्वयम तपाईले पनि भोग्नु भएको छ । कृपया हामी सवै दाजुभाईको उद्धार गरि दिनुहोस् ।’

नेपाल प्रवेश गरेका कैलाली गोदावरी नगरपालिकाका गोविन्द थापाले भने, ‘सिमानामा प्रदेश सरकारका मन्त्रीहरुलाई पुग्ने फुर्सद भएन ।’ सिमामा पुगेकाहरुले सुदूरपश्चिममा प्रदेश सरकार नभएको अनुभूती भएको बताउँदै आएका छन् । यता प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले आफुहरु निति तथा कार्यक्रम बनाउनमा व्यस्त रहेकोले सीमा पुगेका नेपालीहरुको उद्धारमा जान नसकेको प्रतिक्रिया दिए । यता सीमा नाकामा नेपाल प्रवेश गरेका नेपालीलाई भेट्न नगएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताए ।

मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाई गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ।”

बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.