धनगढी , ११ जेठ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ९ भगतपुर गाउँबाट गएराती सालको गोलिया सहित ट्याक्टर बेवारिसे अवस्थामा बरामत गरिएको छ ।
सब डिभिजन वन कार्यालय सुखड बाट राजु मिनेलको नेतृत्वमा गएको गस्ती टोलिले सालको गोलिया लोड गरिएको अवस्थामा से १त ५५४४ नम्बरको ट्याक्टर बरामत गरिएको हो ।
बरामद गरिएको सालको ८ थान गोलिया ११०.१६ क्यु फिट काठ र ट्याक्टर डिभिजन वन कार्यालय पहलमानपुरमा राखियको छ । काठ कहाँ लगिदै थियो , कस्को काठ हो भन्ने कुरा र ट्याक्टर कस्को हो भन्ने अहिले नखुलेको र घटना थप अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कारबाही गरिने सब डिभिजन वन कार्यलय सुखडका फरेस्टर बिरेन्द्र मल्लले बताए ।