• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा डडेल्धुरामा एकदिने जीवनोपयोगी सीप विकास तालिम

धनगढी, १० जेठ /  प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमरगढी नगर इकाइ समिति, डडेल्धुराको आयोजनामा “एकदिने जीवनोपयोगी सीप विकास तालिम” कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा व्यवहारिक जीवनमा आवश्यक पर्ने सीपका विषयमा प्रशिक्षण गरिएको थियो।

कार्यक्रम डडेल्धुरा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंह तथा प्रहरी निरीक्षक भाष्कर बहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

तालिम कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय सचिव लोग बहादुर चयडाले विशेष प्रशिक्षण दिएका थिए। उनले युवामा सकारात्मक सोच, अनुशासन, समय व्यवस्थापन, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास आजको आवश्यकता भएको उल्लेख गर्दै व्यवहारिक जीवनमा उपयोगी हुने विविध सीपबारे प्रशिक्षण दिए ।

त्यसैगरी, कार्यक्रममा विद्यार्थी परिषदका केन्द्रीय सदस्य सन्दीप महरा तथा पूर्व सुदूरपश्चिम प्रदेश सचिव जगदीश साउद अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष दिपक महता प्रमुख अतिथिका रूपमा तथा सीप विकास केन्द्र डडेल्धुराका अध्यक्ष गोविन्द खडायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

डडेल्धुरा जिल्लाका विभिन्न तीन वटा क्याम्पसमा स्नातक तहमा अध्ययनरत ३५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले युवावर्गमा प्राज्ञिक चेतना, सकारात्मक सोच, नेतृत्व विकास तथा जीवन व्यवस्थापनसम्बन्धी व्यवहारिक सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी व्यवहारिक जीवनमा आवश्यक पर्ने क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिम उपलब्धिमूलक, प्रेरणादायी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.