धनगढी, ४ जेठ / धनगढीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, समावेशिता तथा सेवा प्रवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। नील हिरा समाज नेपाल र सीडीसी नेपालको साझेदारीमा सम्पन्न कार्यक्रममा जन्मदर्तादेखि नागरिक पहिचानसम्म आइपुग्दा आफुहरुले खेप्नुपरेका विभेद, सामाजिक अस्वीकार्यता र प्रशासनिक झन्झटबारे सहभागीहरूले अनुभव सुनाएका थिए।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै सरकारी निकायबाट उचित सेवा सुविधा सहज रूपमा पाउन नसकेको गुनासो व्यक्त गरिन्। उनले राज्यका निकायबाट व्यवहारिक समावेशिता आवश्यक रहेको उल्लेख गर्दै समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखिन्।
लामो समयदेखि संघर्षरत रहेर केही परिवर्तन गरे पनि अझै हाम्रो समाजमा छोरा र छोरी बाहेक अन्यलाई स्वीकार गर्न सहज नरहेको नीलहिरा समाज नेपालका अध्यक्ष उमेश पाण्डे, उमिशाले बताउनुभयो । लैङ्गिक तथा यौनिक अल्पसंख्यक विषय जति बुझ्यो त्यति धेरै कठिन भएकाले पनि सबैलाई सहज रुपमा बुझाउन नसकिएको पाण्डेले बताए।
कार्यक्रममा सरकारी निकायदेखि लिएर विभिन्न सरोकारवाला व्यक्तित्वहरूको सहभागिता रहेको थियो।