• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच उच्च स्तरीय अन्तरक्रिया गरिएको छ । मिडिया एड्भोकेसी ग्रुप काठमाडौंको आयोजनामा “महिला राजनीतिकर्मी र सञ्चारकर्मीहरूसँगको मिडिया अन्तरक्रिया कार्यक्रम”भएको हो। कार्यक्रममा सुदुरपश्चिममा क्रियाशील रहेका महिला राजनीतिकर्मी,तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा मिडियाको भूमिका राज्यलाई खबरदारी गर्ने, झक्झकाउने र पहरेदारी गर्ने भएकाले महिला राजनीतिकर्मीहरूलाई पनि समान प्राथमिकता दिनुपर्ने छलफलमा जोड रहेको थियो। सहभागी राजनितीज्ञ महिलाहरूले मिडिया सरकारभन्दा अगाडि रहेर समाजलाई दिशा दिने माध्यम भए पनि महिला राजनीतिकर्मीहरू अझै पर्याप्त रूपमा मिडियामा नसमेटिएको गुनासो गरे।

छलफलका क्रममा महिला नेतृहरूका उपलब्धि अखबार, टेलिभिजन तथा अनलाइन मिडियामा कम महत्त्वपूर्ण स्थानमा राखिने, राजनीतिक समाचारमा पुरुष नेतालाई मुख्य पात्र र निर्णयकर्ता बनाएर बढी प्राथमिकता दिने, महिला नेतृहरूले गरेका योगदान कम रिपोर्ट हुने तथा कहिलेकाहीँ पुरुषलाई मात्र केन्द्रित गरिने आरोप रहेको थियो ।

पत्रकार र राजनीतिज्ञलाई छुट्टाछुट्टै समूहमा विभाजन गरेर गरिएको छलफलमा दुवै पक्षबीचको कम्युनिकेसन ग्याप नै मुख्य समस्या रहेको निष्कर्ष निकालिएको थियो। पत्रकारहरूले महिला राजनीतिकर्मीहरू समय नदिने, फोनमा बोल्न नमान्ने, भेटघाटमा सहज नहुने तथा विषयवस्तुबारे स्पष्ट धारणा नदिने समस्याका कारण समाचार संकलनमा कठिनाइ हुने बताएका थिए।

महिला राजनीतिकर्मीहरूले भने पत्रकारहरूले चिनेजानेकै आधारमा समाचार लेख्ने, सम्पादन तहमा महिला पत्रकारको पहुँच कम हुने तथा पुरुषलाई बढी प्रभावकारी पात्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको धारणा व्यक्त राखे।

सुशासनको पाटो सबैले मिलेर सुधार गर्नुपर्ने र मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड राजनितीज्ञ महिलाहरुको छ । राम्रो समाचारमा पुरुषलाई हाइलाइट गरिने तर नकारात्मक समाचारमा महिलालाई मात्र अगाडि ल्याइने प्रवृत्ति अन्त्य हुनुपर्ने अन्र्तक्रिमा गरिएको थियो ।

दुईपक्ष बिच नियमित संवाद र पारदर्शी सहकार्य आवश्यक कायम गर्न सम्पादन तहमा महिला पत्रकारको पहुँच वृद्धि र महिला नेतृहरूको समाचारलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।कार्यक्रम मिडिया एड्भोकेशी ग्रुपका अनुसन्धानकर्ता उमेश पोखरद्धारा सञ्चालन गरिएको थियो भने ग्रुपका सदस्य तथा लैगिक हिंसा प्रतिकार्य बिज्ञ,महिला समुत्थान परियोजना र सामाजिक विकास मन्त्रालयमा आबद्ध मेनुका बस्नेत बिष्टले सहजिकरण गरेका थिए ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.