• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गगन थापा सहभागी प्रदेश भेलामा गएका नेता कार्यक्रता हरुलाई कैलाली पार्टी कार्यालयमा नो इन्ट्री

धनगढी: नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद कैलालीमा थप चर्किएको छ। गत बैसाख २६ गते धनगढीमा आयोजित कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी भएका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै कैलालीस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको आरोप लागेको छ। जिल्ला सभापति नारायणदत्त भट्टकै निर्देशनमा कार्यालय बन्द गरिएको नेता कार्यकर्ताहरुले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको भएपनि कैलालीमा भने त्यसको कार्यान्वयन प्रभावित बनेको छ। बुधबार धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापति तथा अन्य नेता कार्यकर्ता सदस्यता अध्यावधिक लगायतका कामका लागि पुगेका थिए। तर कार्यालयको मुख्य गेटदेखि भित्रका कार्यकक्षसम्म ताला लगाइएको अवस्थामा भेटिएपछि उनीहरु आक्रोशित बने। कार्यालयको मूल ढोका बन्द भएपछि केही नेता तथा कार्यकर्ताले पछाडिको भागबाट सिँढी प्रयोग गरेर कार्यालय परिसरमा प्रवेश गरेका थिए। तर भित्र रहेका सबै कोठामा समेत ताला लगाइएको कारण कुनै पनि प्रशासनिक काम सञ्चालन हुन नसकेको उनीहरुको गुनासो छ।

कार्यालय पुगेका केही नेताहरुका अनुसार कार्यालय सचिव प्रयाग जोशीसमेत सम्पर्कविहीन रहेका छन्। कार्यालय बन्द भएपछि सदस्यता नवीकरण, नयाँ सदस्यता अध्यावधिक तथा संगठनात्मक काम पूर्ण रूपमा प्रभावित बनेको बताइएको छ। कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको विषयलाई लिएर दुई धार स्पष्ट देखिएको छ। धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलामा गगन थापा र देउवा पक्षका नेताहरुको उपस्थिति रहेको थियो।

कैलाली कांग्रेसभित्रको पछिल्लो घटनालाई धेरैले आन्तरिक शक्ति संघर्षको रूपमा हेरेका छन्। जिल्ला सभापति नारायणदत्त भट्ट देउवा निकट मानिन्छन्। स्रोतका अनुसार प्रदेश भेलामा सहभागी भएका केही नेताहरुप्रति असन्तुष्टि जनाउँदै उनकै निर्देशनमा कार्यालय बन्द गरिएको आरोप लागिरहेको छ। यद्यपि यस विषयमा जिल्ला सभापति भट्टको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

पार्टी कार्यालयमै तालाबन्दी भएपछि कार्यकर्तामाझ अन्योल र असन्तुष्टि बढेको छ। स्थानीय तहसम्म संगठन विस्तार र सदस्यता व्यवस्थापनको महत्वपूर्ण समयमा उत्पन्न भएको विवादले कांग्रेस कैलालीको आन्तरिक एकतामाथि प्रश्न उठाएको नेताहरुको भनाइ छ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.