धनगढी, २४ वैशाख / नवजीवन सहकारी संस्था लिमिटेडको जेठ ९ गते हुने निर्वाचनमा घनबहादुर शाहको नेतृत्वमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूको टोली चुनावी मैदानमा उत्रिएको छ। शाह नेतृत्वको टोलीले पारदर्शिता, सुशासन र सदस्यहरूको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएको छ।
टोलीले संस्थालाई प्रविधिमैत्री र आधुनिक डिजिटल सेवायुक्त बनाउनुका साथै बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समेत सहकारीको योगदान बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अध्यक्षका प्रत्यासी शाहले “सुदृढ नवजीवन, समृद्ध सदस्य” को लक्ष्यसहित आफ्नो अनुभवी टोलीलाई विजयी गराउन सम्पूर्ण सेयर सदस्यहरूलाई अपिल गरेका छन्।
धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारणसभा अन्तर्गत जेठ ९ गते हुने निर्वाचनका लागि घनबहादुर शाह नेतृत्वमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्ति सहितको बलियो टीम बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।
शाह नेतृत्वको टीमले पारदर्शिता, सुशासन र सदस्यको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै निर्वाचनमा होमिएको हो । शाह नेतृत्वको टीममा लामो समयदेखि सामाजिक तथा सरकारी सेवामा अनुभव प्राप्त व्यक्तिहरु रहेका छन् ।
शाह नेतृत्वको टीमको उपाध्यक्षमा ईश्वर जोशी रहेका छन् । उनी लामो समयदेखि लेखापरिक्षको रुपमा काम गर्दै आएका सक्षम व्यक्तिको रुपमा चिनिन्छन् । सञ्चालक समितिको सदस्यमा नवजीवन सहकारी संस्थामा शाखा प्रबन्धकका रुपमा २५ वर्षसम्म कार्यरत रही हाल विभिन्न सामाजिक संघ संस्थासँग आवद्ध धनञ्जय भट्ट रहेका छन् ।
यस्तै निशाना न्युजलाई प्राप्त विवरण अनुसार सञ्चालक समिति सदस्यमा दीर्घबहादुर शाहरहेका छन् । उनी विगत ३० वर्षदेखि कृषिविकास बैंकको विभिन्न शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रही हाल सेवा निबृत्त रहेका छ् ।
सञ्चालक समिति सदस्यमा लक्ष्मीनारायण चौधरी रहेका छन् । उनी भादा होमस्टेका परिकल्पनाका अध्यक्ष तथा सामाजिक अभियन्ता हुन् । यस्तै सञ्चालक समिति सदस्यमा गोदावरीका विक्रम विश्वकर्मा रहेका छन् । उनी विभिन्न संघ संस्थामा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्ति हुन् । यस्तै लेखा समिति सदस्यमा जेसिज तथा विभिन्न संघ संस्थामा आवद्ध रहदै आएकी पबित्रा पाण्डे रहेकी छन् ।
लेखा समिति संयोजक तथा सुपरिवेक्षण समितिमा ३० वर्ष सरकारी सेवामा कार्यरत रही लेखा अधिकृत पदबाट सेवा निबृत्त भएका चेतराज ओझा रहेका छन् । अध्यक्ष पदका प्रत्यासी शाहले आफू नेतृत्वको टीममा विभिन्न क्षेत्रमा रही लामो समयदेखि काम गर्दै आएका व्यक्ति रहेकोले टीम अब्बल रहेको प्रतिक्रिया दिए ।
उनले सहकारीको पुँजीलाई सुरक्षित राख्दै सदस्यहरूको आर्थिक स्तर उकास्ने, स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता टीमको रहेको बताए । उनले संस्थाका सबै वित्तीय कारोबारलाई पारदर्शी बनाउने र सदस्यहरूको विश्वास मजबुत पार्ने लक्ष्य पनि आफ्नो अब्बल टीमको रहेको बताए ।
शाहका अनुसार नवजीवन सहकारीलाई डिजिटल युगअनुसार आधुनिक सेवा दिने संस्थाका रूपमा विकास गरिनेछ। साथै, बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही सदस्यहरूको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समेत सहकारीको योगदान बढाइने योजना रहेको बताए ।
आफ्नो टीममा विभिन्न क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तिले निष्ठा र प्रतिबद्धतालाई आधार बनाउँदै शाहले सम्पूर्ण सेयर सदस्यहरूलाई आफ्नो टिमलाई मतदान गरी विजयी गराउन अपिल गरे । उनले “सुदृढ नवजीवन, समृद्ध सदस्य” आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै एक भोटले सहकारीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।