• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

छैन पोसिलो खाना बैतडीका वडैपिच्छे कडा कुपोषण

बैतडी ।  पोसिलो खाना नपाएर बैतडीका वडैपिच्छे कडा कुपोषित बालबालिका भेटिन थालेका छन् । वैशाख १५ गतेयता (पाँच दिनमै) बैतडीमा १५२ जना कुपोषित बालबालिका भेटिएका छन् । यीमध्ये १९ जना कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइएको छ ।

जिल्लामा अहिले राष्ट्रिय पोषण लेखाजोखा अभियान चलिरहेको छ । अभियान वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभभयो । अभियानले छ महिनादेखि पाँच वर्षमुनिका २२ हजार बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

पोषणको अवस्था खोजी गर्ने क्रममा सिगास गाउँपालिका–२, गाँजरीमा मात्रै चार जना कडा कुपोषित बालबालिका भेटिएको स्वास्थ्य चौकी इन्चार्ज जनकसिंह धामीले बताउनुभयो । उहाँले कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याएर पोषिलो खाना दिने काम सुरु भएको बताउनुभयो । तथ्याङ्क अनुसार सिगास गाउँपालिका देशका १० वटा गरिब स्थानीय तहमध्ये एक हो । यहाँको गरिबी ६६ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी कार्कीले गरिबीको चक्र कायम रहेसम्म कुपोषणको चक्र मेट्न नसकिने बताउनुभयो । उहाँले बैतडीमा पाँच दिनको अवधिमा १५२ जना कुपोषित बालबालिका भेटिनु भनेको डरलाग्दो तथ्याङ्क भएको बताउनुभयो । उहाँले कुपोषित बालबालिकामा उमेर अनुसार उचाइ र तौल निकै कम हुने र ख्याउटे अनुहार हुने गरेको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पटकको राष्ट्रिय पोषण लेखाजोखा अभियानले जातजातिको कुपोषणको अवस्थासमेत अध्ययन गर्दै छ । पाँच दिनमा भेटिएका कुपोषित बालबालिकामध्ये ३७ प्रतिशत दलित बालबालिका रहेका छन् ।”

गत वर्षसम्म जिल्लामा एक हजार ९३४ जना बालबालिका कुपोषित थिए । यीमध्ये कडा कुपोषणले ग्रसित ३१२ जना बालबालिकाको स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभियानले मात्रै कुपोषित बालबालिकाको सङ्ख्या नघट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैतडीका सबै पालिकाले गरिबी घटाएर सबै मानिसले पोसिलो खाना पाउने बनाउनु जरुरी छ । बालबालिकाले पाउने पोषण भत्ता, सुत्केरी भत्ता, उपप्रमुखको कोसेली कार्यक्रमको प्रभावकारिता जरुरी छ ।”

जिल्लाका स्थानीय तहले सुत्केरी महिलाका लागि उपप्रमुखको कोसेली कार्यक्रम अन्तर्गत ‘सुत्केरीको घरमा झन्डा, हातमा अन्डा’ जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । सुत्केरीलाई घिउ बाँड्ने, अन्डा र कम्बल बाँड्ने कार्यक्रमले मात्रै कुपोषण निको नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भवती  र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा थियो । हाल सो कार्यक्रम बन्द भएको छ ।

युएसआइडीको आर्थिक सहयोगमा सुआहारा कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने लक्ष्य राखेको थियो । लक्ष्य पूरा नहुँदै सो कार्यक्रम बन्द भएको हो ।

बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.