धनगढी, १० वैशाख / आज दिनभर जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुखले फरक फरक विषयका ४ ज्ञापनपत्र बुझेका छन्। कार्यालय समयमा विभिन्न माग सहितका ज्ञापन पत्र बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मी जानकारी दिए।
बिहानै नेपाल पत्रकार महासंघ कैलाली शाखाले सरकारले निजी मिडियालाई विज्ञापन नदिन गरेको परिपत्रका विरुद्ध केन्द्रीय कार्यतालिका अनुसार ज्ञापनपत्र बुझाएको थियो।
त्यसपछि क्रमशः व्यवसायीको हितमा रहेको धनगढीमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीका युवा नेता नितेश जोशी लगायतले ज्ञापनपत्र बुझाएको जिल्ला प्रमुख रेग्मीले जानकारी दिए।
यस्तै युवा सञ्जाल सम्बन्धित र सामुदायिक वन संरक्षणमा आधारित अरु ज्ञापनपत्र बुझेको रेग्मीले बताए। आज अधिक समय ज्ञापनपत्र बुझ्नमै गएको समेत जिल्ला प्रमुख रेग्मीले जानकारी दिए।