• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बजेट अभावमा डडेल्धुरा सदरमुकाम सडक अलपत्र

डडेल्धुरा  । जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि सरकारले ६५ करोड रुपियाँ मुआब्जा वितरण गरेको चार वर्ष पूरा भए पनि विस्तार कार्य अघि बढ्न सकेको छैन। आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम स्थानीयलाई वितरण गरिएको थियो। मुआब्जा पाएपछि सडक दायाँ–बायाँ १५–१५ मिटरभित्रका घर तथा संरचना हटाइएका थिए।

केही व्यापारीहरूले मुआब्जा पाएको जग्गा प्रयोग गर्दै घर तथा पसल अगाडि सडकको भाग मासिक १० हजार रुपियाँसम्म भाडामा लगाएर फलफूल र तरकारी बिक्री गर्दै आएको देखिएको छ।

हाल पाँच मिटर चौडा कालोपत्रे भएको उक्त सडकलाई ३० मिटर चौडा बनाउने योजना भए पनि आवश्यक बजेट अभावका कारण काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो।

कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–५ बागबजारको पिपल चौतारादेखि वडा नं. ८ डकलेसम्म सडक विस्तारका लागि सरकारले मुआब्जा वितरण गरेको हो। उहाँका अनुसार पहिलो चरणमा २० करोड, दोस्रो चरणमा ३० करोड र बाँकी रकम तेस्रो चरणमा पठाइएको थियो।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ करिब तीन सय मिटर क्षेत्रमा रहेका १०६ जना घर तथा जग्गाधनीलाई मुआब्जा वितरण गरिएको थियो। दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा दिइएको थियो।

सडक निर्माणका लागि बजेट अभाव
सडक डिभिजन कार्यालय कुलपाते, डोटीले उक्त सडक विस्तारका लागि ९७ करोड रुपियाँ बजेट विभागसँग माग गरेको थियो। माग गरिएको तीन वर्षपछि चालु आर्थिक वर्ष २०८२/८३ मा २० करोड रुपियाँ ‘रातो किताब’मा समावेश भए पनि भदौमा भएको जेनजी आन्दोलनपछि बनेको सरकारले उक्त रकम रोक्का गरेको कार्यालयले जनाएको छ।

रकम अभावका कारण हालसम्म सडक विस्तारको काम अघि बढ्न नसकेको कार्यालयको भनाइ छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको डडेल्धुरामा साँघुरो सडकका कारण आवतजावतमा समस्या भइरहेको छ।

सडक कालोपत्रे भएको २६ वर्षपछि स्तरोन्नतिको योजना अघि बढे पनि बजेट अभावले स्थानीय निराश बनेका छन्। २०३५ सालमा पहिलो पटक डडेल्धुरामा गाडी पुगेको थियो भने बजार क्षेत्रको सडक २०५४ सालमा कालोपत्रे सुरु भई २०५७ सालमा सम्पन्न भएको थियो।

सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव र बहुवर्षीय स्रोत सहमति नहुनु रहेको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी उदय कठायतले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले बजेट व्यवस्थापनका लागि विभागमा प्रस्ताव पठाइएको छ र ८० करोड रुपियाँको बहुवर्षीय योजना स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको छ।

आर्थिक वर्ष २०८३/८४ मा बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाई सडक विस्तारको काम सुरु गरिने तयारी रहेको कार्यालयले जनाएको छ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.