धनगढी, ३ वैशाख / सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले पदमा कुमारी ओली (प्रतिक्षा) लाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्य पदमा मनोनित गरेको छ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ५ उपदफा (१) को खण्ड (ज) बमोजिम मन्त्रिस्तरीय निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी दिइएको हो। मिति २०८३ वैशाख २ गतेको निर्णयअनुसार ओलीलाई सोही आदेशको दफा ५ उपदफा (३) बमोजिम तोकिएको अवधिका लागि सदस्यमा मनोनयन गरिएको जनाइएको छ।
ओलीको युवा क्षेत्रमा सक्रियता र योगदानलाई मध्यनजर गर्दै युवा परिषदमा मनोनयन गरिएको हो। प्रदेशका युवा नीतिहरू कार्यान्वयनमा आफू जिम्मेवार भएर लागिरहने मनोनित सदस्य ओलीले बताएकी छन्।
मनोनित सदस्य ओली सबैभन्दा कान्छी युवा सदस्य समेत हुन्।
