धनगढी, २० बैशाख
कोविड(१९ (कोरोना) बिश्व महामारीका कारणले भइरहेको लकडाउनको समयलाई सदुपयोग गर्न सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) नेपाल, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा विभिन्न विधाका इन्जिनियरहरुको प्राबिधिक तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप मिति २०७७ बैशाख ९ गते बाट इलेक्ट्रोनिक मीडिया (जूम) मार्फत सुरु गरिएको FreeTechnicalWebinar Series for Practicing Engineers तालिम बिहिबार बेलुका Nepal National Building Code – NNBC_: It’s Importance , Issues and Challenges in Implementation शिर्षकमा इ. द्वारिका श्रेष्ठको प्रस्तुति संगै सम्पन्न भएको छ ।
सो समापन कार्यक्रममा ३०० बढीको सक्रिय सहभागिता रहेको थियो । अन्तिम प्रस्तुति र सम्पूर्ण कार्यक्रम (सिरिज)लाई समापन गर्दै सिडेन सुदूरपश्चिम प्रदेश समितिका सभापति इ. ईश्वर भट्टले वेबिनार सिरिज सफल र लाभप्रद भएको भन्दै कार्यक्रम अन्तर्गत संचालन भएका सबै सेसनका श्रोत व्यक्ति, प्यानालिस्ट, अतिथि, सहयोगी र सहभागीहरुलाई धन्यबाद दिनु भयो । १० दिन सम्म निरन्तर चलेको उक्त सिरिजमा इन्जिनियरिंग विधाका विभिन्न १८ शिर्षकमा देश विदेशमा इन्जिनियरिंग क्षेत्रमा ख्यातीप्राप्त व्यवसायीक बिज्ञ प्रोफेशनल र एकेडेमीसियनबाट प्रस्तुति दिईएको थियो। प्रस्तुति र छलफल जूम अनलाइन र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्य श्रोत व्यक्तिको रुपमा इ. जगदिश्वर मान श्रेष्ठ, इ. लक्ष्मण केसी, डा. संजय उप्रेती, इ. सुजित धिताल, इ. जगदीश लेखक, इ. शकिल मानन्धर, प्रा.डा. शुवर्ण शाक्य, इ. सुदर्शन लाल श्रेष्ठ, डा. राजु आचार्य, इ. रमेश श्रेष्ठ, डा. प्रकाश भाट, इ. काली शर्मा, डा. इन्द्र आचार्य, इ. गुणराज श्रेष्ठ, इ. कविन्द्र बिक्रम कार्की, इ. प्रभात पन्त र इ. प्रवीण देवकोटारहेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि एवं सिडेन केन्द्रिय समिति अध्यक्ष इ. शंकर पण्डितले प्रस्तुतिहरुमा फिडिक कन्ट्रयाक्ट, सडक, भवन, पुल, खानेपानीरवाश, उर्जा, आइ.टी, शहरी बिकाश, टेली कम्यूनिकेशन, कंक्रिटरआर.सि.सि., जिओटेक्निकल लगायतका धेरै बिषय समेटिएकाले कार्यक्रम प्रभावकारी रहेको भनी प्रशंसागर्दै आयोजक सिडेन सुदूरपश्चिम प्रदेश समितिलाई धन्यवाद दिनुभयो । कार्यक्रम संचालक एवं सिडेन सु.प. समितिका उप–सभापति इ. बल बहादुर ठकुराठीले कार्यक्रममा प्रत्यक्ष भाग लिन ६०० बढी इन्जिनियरले अनलाइन आवेदन दिएको र प्रत्येक सेसनमा जूम र फेसबुकमा गरी औसत मा ३०० बढीको सहभागिता रहेको बताउँदै कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले सहयोग रहेको जानकारी दिनुभयो।
समापन कार्यक्रममा वेबिनार सिरिज अन्तर्गतका सेसनहरुका श्रोत व्यक्ति, प्यानलिस्ट, सिडेन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, सिडेन प्रदेश समितिका सभापतिहरु, नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.) सुदूरपश्चिम प्रदेश समितिका सभापति, ने.इ.ए. केन्द्रिय समितिका सु.प. प्रतिनिधि सदस्य आदि अतिथिको रुपमा रहेका थिए । अतिथिको रुपमा मन्तव्य राख्दैने.इ.ए. सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिका सभापति इ. लव प्रसाद जोशीले यो लकडाउनको समयलाई सदुपयोग गर्दै संचालन गरिएको वेबिनार सिरिज अत्यन्त सफल भएको प्रतिकृया दिंदै आयोजक सिडेन सु.प. समितिलाई बधाई र आगामी दिनका लागि केहि सुझाव समेत दिनुभयो । सिडेन सु. प. प्रदेश समितिका सचिव इ. अरुण कुमार जोशीले कार्यक्रमका देश विदेश मा रहेका श्रोत व्यक्ति तथा प्यानालिस्ट प्रति आभार व्यक्त गर्दै कार्यक्रममा भाग लिने सम्पूर्ण सहभागी इन्जिनियरहरुलाई धन्यबाद दिनुभयो । उहालेकार्यक्रमको सूचना प्रवाह गर्ने पत्रकार र सम्पूर्ण सहयोगी हात प्रति कृतज्ञता जाहेर गर्नुका साथै कार्यक्रम सफल पार्न निरन्तर खटिएका सिडेन सु. प. प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र धन्यबाद दिंदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु संचालन गरिने प्रतिबद्दता व्यक्त गर्नु भयो ।
प्राविधीकका लागि संचालन गरेको अनलाईन तालिम सम्पन्न
प्राविधीकका लागि संचालन गरेको अनलाईन तालिम सम्पन्न