धनगढी, १७ बैशाख- सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलले बिदेशमा तथा नेपालभारत सिमानामा अलपत्रमा परेका सुदूरपश्चिमका नेपालीहरुको अबस्थाका बारेमा जानकारी लिन सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सिमाना अलपत्र तथा त्यस आसपासका क्वारेन्टाईनमा बसेका नेपालीहरुको नेपाल भित्राउने कुनै पहल नगरेपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेको संसदीय दलले तथ्याङक संकलन अभियान सुरु गरेको छ ।
भारत लगाएतका बिभिन्न क्षेत्रमा रहेका नेपाली प्रतिनिधी संघ अबस्था बारे छलफल गरेको सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशमा सबै माननियहरु बिदेशमा आफ्ना सम्पर्कमा रहेका सुदूरपश्चिमका नेपालीलाई भिडियो कन्फ्रेन्स मार्फत सम्पर्क गरी लगत तथ्याङक संकलन गरिहरेको संसदीय दलका नेता डा. रावलले बताए ।
डा. रावलले नेपाली जनसम्पर्क समिती अमेरिका न्युयोर्कका अध्यक्ष आनन्द बिष्ट, नाइजेरिया, अफ्रिकामा बस्दै आएका एनआरएनका पुर्व कोषाध्यक्ष हिक्मत थापा, भारतको मुम्बईमा बस्दै आएका नेपाली जनसम्पर्क समितीका अध्यक्ष मीनबहादुर बोहरा लगाएतका नेपालीहरु संग छलफल गरेर सुदूरपश्चिमेलीको अबस्था बुझेको बताए । अन्य माननिय साथीहरु पनि सम्पर्कमा रही रहनुभएको उनले बताए ।
बिदेशमा रहेका नेपालीहरु नेपाल संग स्वदेश फर्कने बातावरण मिलाईदिन पहल गर्न अनुरोध समेत व्यक्त गरेका थिए । संघिय सरकार तथा प्रदेश सरकार बिदेशमा रहेका नेपालीको व्यवास्था गरेपछि सुदूरपश्चिम प्रदेको नेपाली काँग्रेसको संसदीय दलले उनीहरुको अबस्थाको अभिलेख राख्न थालेको बताईएको छ ।
भारतमा नेपालीहरु एकआपसमा मिलेर लकडाउनको सामना गरिरहेको र रकम संकलन गरेर राहत बितरण समेत गरिरहेको समेत पाईएको उनले बताए । नाईजेरियामा एक हजार तिन सय ३५ मध्य कुनै पनि नेपालीलाई संक्रमण भएको छैन । सबै भन्दा बढी जोखिम अमेरिकामा रहेको बुझिएको नेपाली संग कुराकानीका मार्फत बुझिएको नेता रावलले बताए । उनका अनुसार अमेरिकामा मात्रै एक हजार भन्दा माथी संक्रमित भएको छन् भने ११ नेपालीको मृत्यु भएको छ ।
सबै भन्दा बढी समस्यामा सुदूरपश्चिमा नेपालीहरु भारतमा रहेका पाईउको काँग्रेस संसदीय दलको बुझाई छ । भारतमा लकडाउन अगावै गन्तव्य पुग्न ट्रैन तथा बसमा चढेका नेपालीहरु दिल्लीमा अलपत्रमा परेको बताईएको छ । बसट्रेन चढ्दा लकडाउन थियो बाटैमा लकडाउन भएपछि नेपालीहरु दिल्लीमै फसेका बताईएको छ । ‘दिल्लीमा मात्र्र तिन हजार भन्दा बढी नेपालीहरु अलपत्र बसेका छन्’ नेता डा. रावलले भने– ‘सबै भन्दा बढी नेपालकै सिमानामा आएर क्वारेन्टाईनमा बसेमा नेपालीहरु पिडा धेरै छ ।’
सिमाका नेपालीहरुलाई संघिय सरकार संघ कुटनीतिक पहल गरेर नेपाल ल्याउने बतावरण गर्नुपर्ने उनको धारणा छ । बरु नेपालमै ल्याएर क्वारेन्टाईमा राखरे समय पुगेपछि घर पठाउनु पर्ने उनको तर्क छ । सुदूरपश्चिमको भारतसंग सिमानाका जोडिएका भारतका सिमानामा ९० जना रुद्रपुर, रामपुर, एक सय १७ जना पलिया, ५० जना निगासन, १२ सय जति धार्चुला, ८० जान बनबासाका क्वारेन्टाईनमा रहेको तथ्याङ्क रहेको नेता रावलले बताए ।
सिमानाम अलपत्र परेका नेपालीलाई तत्काल चेकजाँच गरी नेपाल ल्याउने व्यबस्था गर्नुपर्ने बताबरण मिलाउनुपर्ने नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले आग्रह गरेको छ ।