धनगढी,१४बैशाख । नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिको पहलमा धनगढीबाट पाँच सयलाई बझाङ पाठाईएको छ ।
कोरोना संक्रमणको रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण धनगढीमा समस्या परेकाहरुलाई समितिले बझाङ पठाएको नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिका अध्यक्ष सुर्यप्रसाद जोशीले जानकारी दिए ।
बझाङको बिभिन्न स्थानिय तहमा घरभई कैलालीको धनगढीमा लकडाउनका कारण समस्यामा परेका बिद्यार्थी, बृद्धबृद्धा र अलपत्रमा परेकाहरुलाई बझाङ पठाईएको नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिका सदस्य हरेन्द्र अयडीले जानकारी दिएका छन् । यसरी धनगढीमा आफ्नो घर जना नपाएको समस्या भएपछि उनीहरुलाई समितिको आगुवाई यातायातको व्यबस्था गरिएको बताईएको छ ।
यसरी धनगढीमा घर नजना पाएका अलपत्र परेका व्यक्तीहरु समितिको सम्पर्कमा आउन समेत नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिले अनुरोध गरेको छ । समस्यामा गरेका नागरिकहरुलाई बझाङ पठाउनमा धनगढी उपमहानगरपलिकाले समेत सहकार्य गरेको जोशीले जनाकारी दिएका छन् ।