धनगढी,१४ बैशाख
नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुले कोरोना भइरस ( कोभिड १९) को चेकजाँच र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मिलिनियम ब्याचका विद्यार्थी ठेकेन्द्र राज जोशीले धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । नगरप्रमुख वडले नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुले उदारणणिय काम गरेको बताए । नगरप्रमुख वडले असहज अवस्थामा सहयोग गरेको भन्दै नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुलाई धन्यवाद ब्यक्त गरे ।
मिलिनियम ब्याचका विद्यार्थी जोशीका अनुसार १ वटा थर्मगन, सर्जिकल मास्क २ हजार वटा, सर्जिकल ग्लोब्स २ हजार वटा , तीन लियरको मास्क १०० वटा, २०० कपडाको मास्क, ५ सेट पिपिई धनगढी उप–महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाल ल क्याम्पस मिलिनियम ब्याचद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपाल ल क्याम्पस मिलिनियम ब्याचद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण