धनगढी, १० बैशाख
धनगढीमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका कारण छाकटार्न समस्या भएकाहरुका लागि बुधवार १ लाखको चेक हस्तान्तरण गरेको छ ।
सहकारी संस्थाको टिमले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई चेक हस्तान्तरण गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामाजिक उत्तरदायीत्व सम्झीएर छाक टार्न समस्या भएकाहरुका लागि सहयोग गर्ने संगम बचत तथा ऋण सहकारी संस्था धन्यवादको पात्र भएको बताए । उनले भने, यो अप्ठेरो अवस्थामा सहयोग गर्ने सबै ब्यक्ति, बैंक तथा वित्तिय संस्था, सामाजिक संस्था, क्याम्पस तथा विद्यालय सबैलाई धन्यवाद दिन चाहन्छौं ।
नगरप्रमुख वडले मनकारी दाताहरुको सहयोगले छाकटार्न समस्या भएका परिवारलाई राहत दिन सजिलो भएको बताए ।
संगम बचत तथा ऋण सहकारी संस्थाद्धारा रातहका लागि चेक हस्तान्तरण
संगम बचत तथा ऋण सहकारी संस्थाद्धारा रातहका लागि चेक हस्तान्तरण