• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार र नाइके तोकिएकाबारे छानबिन हुने

धनगढी ।कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने भएको छ । कारागार व्यवस्था ऐन, २०७९ को दफा ५४ को (३) उपदफा (१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनका लागि तोकिने चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्षभन्दा बढी समयका लागि तोक्नु हुँदैन तर कञ्चनपुर कारागार प्रशासनमा विगत आठ वर्षदेखि एउटै कैदीबन्दीलाई चौकीदार र नाइके तोकेको पाइएको छ । कारागार प्रशासनले कैदीहरूबाट अनुचित लाभ प्राप्त गर्नका लागि विगत आठ वर्षदेखि एउटै कैदीलाई चौकीदार, नाइके तोकेको भन्दै कैदीबन्दीले आरोप लगाएका छन् ।

यसका बारेमा जिल्ला प्रशासन कार्यालयले आइतबार एक छानबिन समिति गठन गरी छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारमा यसरी हुँदै आएको घोटाला र आर्थिक हिनामिनाबारे आफू भर्खर थाहा पाएको बताउनुभयो । यस विषयमा छानबिन गर्नका लागि आइतबार एक समिति गठन गरेर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

कारागार प्रशासनले विगत आठ वर्षदेखि प्रकाश मल्ललाई मूल चौकीदार राखेको छ । करणबहादुर कुँवर विगत चार वर्षदेखि नाइके छन्, रोशन शाही, मदन गिरी पनि विगत चार वर्षदेखि नाइके छन् । कुटपिटबाट घाइते भएर महाकाली प्रादेशिक अस्पतालमा उपचाररत नाइके करणबहादुर कुँवरले विगत आठ वर्षदेखि एउटै कैदीलाई मूल चौकीदार तथा नाइके राखिएको बताउनुभयो । चौकीदार र आउटडोर कैदीलाई प्रशासनका सुब्बा रामदत्त जोशी र लेखापाल रमेश भट्टको मिलेमतोमा बर्सौंदेखि त्यही व्यक्तिहरूलाई राखेर आर्थिक हिनामिना गर्ने र दोष सबै नाइके र सहनाइकेमाथि थुपार्ने काम गरेको भन्दै नाइके कुँवरले आपत्ति जनाउनुभयो ।

कारागार प्रशासनले यसरी ऐनविपरीत नाइके तोकेर आफू अनुकूल वातावरण सिर्जना गरी आफूहरूले पाउनुपर्ने सुविधा खोस्ने गरेको भन्दै कैदीबन्दीले शुक्रबार आन्दोलन गरेका थिए । कैदीबन्दीले कारागार प्रशासनले प्रतिकैदी चार हजार पोसाकबापत उपलब्ध गराउनुपर्नेमा दुई हजार पाँच सय रुपियाँ मात्रै प्रदान गरिएको भन्दै आपत्ति जनाएका थिए । यसै गरी रासनमा समेत कारागारका कर्मचारी, चौकीदार र नाइकेले घोटाला गर्ने गरेको आरोप कैदीबन्दीहरूको छ ।

साथै, कैदीबन्दीहरूले कारागार प्रशासन र चौकीदारको विरोध जनाउने कैदीहरूलाई झुठा प्रतिवेदन बनाएर अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिँदै आएको समेत गुनासो गरेका छन् । जसले गर्दा चौकीदार, नाइकेसँगको मिलेमतोमा कारागारका जेलरलगायतका कर्मचारीले कैदीहरूलाई प्रदान गर्दै आएको सुविधाबाट अनुचित रूपमा लाभ लिने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।

कारागार ऐन, २०७९ को दफा २० अनुसार कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्ने उल्लेख छ तर कञ्चनपुर कारागार प्रशासनले मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्नेमा ऐनविपरीत निर्णय गर्दै वर्षमा दुई पटक नगद चार हजार रुपियाँ नगद उपलब्ध गराउने निर्णय गरेको छ । सो रकमसमेत कैदी बन्दीलाई उपलब्ध नगराउने गरेको गुनासो कैदीबन्दीको छ । कैदीबन्दीहरूले यस पटक दुई हजार पाँच सय रुपियाँ मात्रै प्रदान गरेको भन्दै विरोध जनाउँदा शुक्रबार कारागारमै सामान्य कैदी र नाइकेबिच भनाभन भएको थियो ।

कैदीबन्दीहरूले यस पटक पनि पोसाकबापतको रकममा प्रशासनका कर्मचारी, चौकीदार र नाइेके मिलेर तीन लाख ८४ हजार रुपियाँ भ्रष्टाचार गरेको बताएका छन् । कारागारमा भएको झडपका क्रममा आठ जना नाइके र सहनाइके गम्भीर घाइते छन् । घाइते हुनेहरूमा किरण सिंह, मदन गिरी, सन्दिप भण्डारी, जनक खड्का, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर छन् । उनीहरू नाइके र सहनाइके हुन् । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अदालत र प्रशासनको चरम लापर्बाही 

कारागार व्यवस्था ऐन, २०७९ अनुसार जिल्ला अदालतका न्यायाधीशले जिल्लाभित्रको कारागारमा वर्षमा एक पटक निरीक्षण गर्नुपर्ने हुन्छ तर कञ्चनपुर अदालतका न्यायाधीशले चालु आवमा कारागारको निरीक्षणसमेत गर्नुभएको छैन । विगतका वर्षमा अदालतका न्यायाधीशले निरीक्षण गर्दै आउनुभएको थियो । विगतमा अनुगमन गर्दा कैदीको समस्यामा कुनै ध्यान नदिएको कैदीबन्दीहरूको आरोप छ ।

सोही ऐनअनुरूप प्रमुख जिल्ला अधिकारीले समेत तीन महिनामा कम्तीमा एक पटक कैदीबन्दीका लागि उपलब्ध हुने रासन समयमा प्राप्त हुने गरेको/नगरेको, प्रचलित कानुन अनुसार सेवा सुविधा प्राप्त हुने गरे/नगरेको, कैदीको औषधी उपचारको व्यवस्था भए/नभएको लगायत विषयमा निरीक्षण गर्नुपर्ने हुन्छ तर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि पछिल्लो तीन महिनायता कारागारको निरीक्षण नगरेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा १६ नाइकेसहित ३८४ कैदीबन्दी रहेका छन् ।

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.