धनगढी, ८ बैशाख
धनगढी प्याब्सनले लकडाउनका कारण छाकटार्न समस्या भएकाहरुका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ हस्तान्तरण गरेको छ ।
प्याब्सनको टिमले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई चेक हस्तान्तरण गरेको हो । त्यसैगरी धनगढीमा रहेको कुमारी बैंकले ३० कट्टा चामल, २ कट्ट दाल र ३ पेटी तेल हस्तान्तरण गरेको छ । बैकका प्रतिनिधीहरुले नगरप्रमुख नृबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
नगरप्रमुख वडले मनकारी दाताहरुको सहयोगले छाकटार्न समस्या भएका परिवारलाई राहत दिन सजिलो भएको बताए ।
धनगढी प्याब्सनद्धारा रातहका लागि चेक हस्तान्तरण
धनगढी प्याब्सनद्धारा रातहका लागि चेक हस्तान्तरण