• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रदेशका योजना सञ्चालनमा छैन एकरूपता

धनगढी । सुदूरपश्चिम प्रदेशका योजना तथा कार्यक्रम सञ्चालनमा अन्योल दखिएको छ । एउटै प्रदेश अन्तर्गतका यहाँका केही कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का योजना तथा कार्यक्रम सञ्चालन गरिरहेका छन् भने केही कार्यालय अझै सम्बन्धित मन्त्रालय र मुख्यमन्त्रीको निर्देशन पर्खिरहेको अवस्थामा छन् ।

खास गरी सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्ले मिति २०८२ असोज १० गते गरेको निर्णय पालना गर्ने सम्बन्धमा योजना तथा कार्यक्रम सञ्चालनमा ढिलाइ भइरहेको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा उक्त मन्त्रीपरिषद्को बैठकले आव २०८२/८३ मा कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरेको थियो तर दार्चुलामा रहेका सुदूरपश्चिम प्रदेश सरकारकै, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयले कार्यक्रम सञ्चालन गरिरहेका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यालयले कुनै पनि गतिविधि गर्न पाएका छैनन् । दार्चुलास्थित भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र सामाजिक विकास कार्यालयले योजनाको काम अघि बढाएका छन् भने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयले कुनै पनि काम अघि बढाउन सकेको छैन ।

सामाजिक विकास कार्यालयले समेत वार्षिक योजनाको कार्यान्वयन गरिरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले बताउनुभयो । “विद्यालय व्यवस्थापन समितिको आग्रहमा १० लाखसम्मका चार वटा योजनाको ठेक्कामार्फत काम भइरहेको छ,” उहाँले भन्नुभयो ।  यता मुख्यमन्त्रीले आफ्नै मातहतमा राखेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयले भने कुनै पनि योजनाको काम अघि बढाएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ का अनुसार कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने छैन भन्ने निर्णयका आधारमा कुनै काम अघि बढ्न नसकेको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाका सूचना अधिकारी सागरदत्त जोशीले बताउनुभयो ।

शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.