• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

 धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा उपमहानगरपालिकाले सुरु गरेको थियो ।

उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । २०७९ सालदेखि हालसम्म एक लाख ३३ हजार बिरामीले स्वास्थ्य सेवा लिएका धनगढी उपमहानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्ण बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा ७८ हजार ७३६ जनाले जनरल फिजिसियनबाट, २६ हजार २४२ महिलाले स्त्री तथा प्रसूतिरोग विशेषज्ञबाट र ४० हजार ३४८ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये २४ हजार ४२६ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भिडियो एक्सरे, इसिजी, गर्भवती सेवा, ल्याब सेवा, सुगर तथा अन्य सेवा पनि वडामा नै दिने गरेको बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले १९ वटै वडामा प्रत्येक महिना निःशुल्क वडा क्लिनिक सुरु गरिएको उपप्रमुख कन्दकला रानाले बताउनुभयो ।

२०७९ साउन १ देखि गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण गर्न सहज हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय सेवाग्राही जयन्तीकुमारी चन्दले बताउनुभयो । उपमहानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाका रूपमा सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचका मेसिनरीको सहयोग उपलब्ध गराएको छ । साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयले आँखारोगसम्बन्धी उपचारमा सहयोग गर्दै आएका छन् ।

यस्तै प्रयोगशाला, अल्ट्रासाउन्ड, इसिजीलगायतका सेवा पनि वडा स्वास्थ्य क्लिनिकले प्रदान गर्दै आएको छ । फिजिसियन डाक्टर विकास रिजालले नसर्ने रोगका बिरामीको सङ्ख्या धेरै आउने गरेको बताउनुभयो ।

उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा स्वास्थ्य सेवा सुरु भएपछि आर्थिक रूपमा विपन्न नागरिक, वृद्धवृद्धा, सुत्केरी र अशक्त बढी लाभान्वित भएका छन् ।

मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.