• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम महोत्सवको कृषि प्रदर्शनीमा १५५ किसान सम्मानित

धनगढी, १ पुस / १९ औँ सुदूरपश्चिम महोत्सव–२०८२ अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा सहभागी १५५ जना किसानलाई सम्मान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रदर्शनीले सुदूरपश्चिम प्रदेशका किसानको उत्पादन क्षमता, मेहनत र नवप्रवर्तनलाई उजागर गरेको आयोजकले जनाएको छ।

कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा कृषि संयोजक शुभ ठाकुरको संयोजकत्वमा महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि प्रदर्शनीमा किसानहरूले ३८९ प्रकारका बाली तथा विविध कृषि वस्तुहरू प्रदर्शन गरेका थिए। प्रदर्शनीमार्फत परम्परागतदेखि आधुनिक कृषि उत्पादनसम्मलाई एउटै थलोमा प्रस्तुत गरिएको थियो।

प्रदर्शनीअन्तर्गत अन्नबाली, तरकारी, फलफूल, मसला, दलहनलगायत १६ विधामा उत्कृष्ट किसान तथा उत्पादन छनोट गरी पुरस्कार वितरण गरिएको हो। पुरस्कारतर्फ प्रथम हुने १५ जना किसानलाई जनही ५ हजार रुपैयाँ, द्वितीय हुने १५ जनालाई जनही ३ हजार रुपैयाँ, तृतीय हुने १४ जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ। त्यसैगरी सान्त्वना चौथो स्थान प्राप्त ११ जना र सान्त्वना पाँचौँ स्थान प्राप्त १० जना किसानलाई जनही १–१ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।

कृषि ज्ञान केन्द्र धनगढीको सहयोगमा सञ्चालित प्रदर्शनीमा सहभागी सबै किसानलाई पानी हाल्ने हजारीसमेत वितरण गरिएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ। आयोजकका अनुसार प्रदर्शनीले किसानलाई हौसला प्रदान गर्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षित गर्ने उद्देश्य बोकेको छ।

प्रदर्शनी अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी, कृषक, कृषि विज्ञ तथा सर्वसाधारण गरी हजारौँ दर्शकको उपस्थिति रहेको थियो। अवलोकनकर्ताले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषिमा आधारित उद्यम विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने प्रतिक्रिया दिएका छन्।

‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने नारासहित सञ्चालन भइरहेको १९ औँ सुदूरपश्चिम महोत्सव–२०८२मा विविध कार्यक्रमहरु सञ्चालन भैरहेका छन्।

मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.