धनगढी,४ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मर बहादुर बम नियुक्त भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका- ७ हरदानीका बमलाई मुख्यमन्त्री शाहले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । बम २०६२ सालदेखि पत्रकारितामा आबद्व छन् ।
धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । बमले राष्ट्रिय समाचार समितिमा पनि काम गरेका छन् । उनी अहिले नवीन सन्देश मासिकमा सहसम्पादक र न्युज दैनिकमा कार्यरत छन् । बमले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् भने कानुन संकायमा पनि स्नातक उत्तीर्ण गरेका छन् ।