धनगढी, २७ फागुन / लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ वर्ष ११ महिना ७ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका-२ रामजानकी टोल बस्ने ३५ वर्षीय गोबिन्द बिष्ट पक्राउ परेका छन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार सन्तोषी टोलबाट पक्राउ गरेको छ।