लवदेब धामी
धनगढी, २२ फागुन/ कैलाली जिल्लामा पछिल्लो समयमा बगर खेती वढ्दै गएको छ । कैलालीका ९० प्रतिशत बगरमा तरकारी खेती गरेर किसानले मनग्ये आम्दानी गरिरहेका कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर बिष्टले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीले अहिले किसान मुखि कार्यक्रम गरिरहेको छ । सुन्तला खेति, तरकारी खेती, पुष्प खेती , बगर खेती,केरा , आलु , माहुरी, सँगै कृषिबजार मुखी कार्यक्रम गरिरहेको जानकारी दिए।
प्रदेशकै खाद्यान्नको भण्डारका रुपमा परिचित कैलालीमा यस बर्ष झण्डै ५० करोड बराबरको सुन्तला बिक्री गरेको मोटामोटी तथ्याङ्क कृषि ज्ञान केन्द्र कैलालीमा रहेको छ । यसरी कृषि ज्ञान केन्द्रका विविध कृषि कार्यक्रमले आम नागरिकहरूलाई सहजता प्रदान गरेका कारणले पनि कृषि क्षेत्रमा थप सफलता पाएको निमित्त प्रमुख बिष्टको दावी छ।
अनुदान दिने वेलामा पनि कुनै पुर्वाग्रह नराखि आवश्यकताका आधारमा दिने गरेको समेत निमित्त प्रमुख बिष्टले जानकारी दिए।