• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

रेशमलाई मैले छुटाएको हो : प्रचण्ड

धनगढी, २१ फागुन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जोखिम उठाएर रिहा गरेको बताएका छन् । टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका चौधरीलाई पटकपटक कारागारमा भेटेर मन्त्रिपरिषद्‌बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर छुटाएको उनको भनाइ थियो ।

कैलालीको टीकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले जोखिम उठाएर रिहा गराएका रेशमबारे आफू अहिले अनविज्ञ रहेको बताए ।

उनले रेशमको नेतृत्वबाट धेरै नहुने भन्दै रेशमसहितका सबैलाई माओवादीमा आउँदा उपयुक्त हुने सुझाव दिए । ‘मैले जोखिम उठाएर छुटाएको हो रेशम चौधरीलाई । जोखिम उठाएर मैले प्रधानमन्त्रीको हैसियतले क्याबिनेटबाट निर्णय गरेर खोरमा उनलाई पटकपटक भेटेर राष्ट्रपतिलाई भनेर छुटाएको हो । अहिले रेशम कता छन् मलाई आजभोलि त थाहा छैन’, उनले भने, ‘रेशमबाट धेरै हुन्छ भनेर सोच्नुभएको साथीहरूलाई रेशमलाई पनि लिएर माओवादीमा आउनुभयो भने भलो हुन्छ ।

अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु पहिचानका लागि भएको आन्दोलनको संज्ञा दिए । ‘टीकापुर थारु विद्रोह र थारुहरूको पहिचान र अग्राधिकारको लागि भएको आन्दोलन हो, त्यसको सम्मान गर्छु’, उनले भने । थारु समुदायले जनयुद्धमा गरेको त्याग, बलिदानको पनि प्रचण्डले स्मरण गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीका केही मुद्दा र एजेन्डाहरू कमजोर भएको भन्दै उनले अब जनताको अभियानमार्फत माओवादी फेरि पुरानै अवस्थामा फर्किने विश्वास व्यक्त गरे ।

उनले सुशासनको जग बसाउने प्रयास गरेकै कारण सरकारबाट बाहिरिनुपरेको समेत टिप्पणी गरे । ‘हामीले एजेन्डा जसरी स्थापना गर्‍यौं, शान्ति प्रक्रियामा आएपछि कमजोर हुँदै गयो । मैले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको नयाँ अभियान सुरु गरेको थिएँ । त्यसले जनतामा आशा जगाउँदै गइरहेको थियो’, प्रचण्डले भने, ‘भ्रष्टाचारी र दलालहरू मिलेर यो पटक सरकारबाट बाहिर जानु परेको हो । हामी बाहिर आएपछि जनताको बीचमा तिनै मुद्दासहित अहिले अभियानमा छौं ।’

उनले कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीमा पनि कांग्रेस र एमालेको रोग सरेको भन्दै अब विगतको जस्तो नहुने बताए । प्रचण्डले आगामी निर्वाचनभन्दा पहिले सत्तामा नजाने प्रतिबद्धता पनि सुनाए । ‘कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दा कहिले एमाले कहिले कांग्रेसको रोग सर्‍यो । हामीलाई लागेको रोगको उपचारको लागि तपाईंहरूसमक्ष आएका छौं’, उनले भने , ‘अब विगतमा जस्तो कांग्रेसलाई वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । २०८४ सम्म यो सरकार चाहिएन । जनताको विश्वास जितेर देशको एक नम्बर पार्टी भएर सुशासनको पक्षमा जानेछौं ।’

कांग्रेस र एमालेले संविधान उल्टाउन खोजेको आरोप लगाउँदै प्रचण्डले भने, ‘उत्पीडित वर्गको थप अधिकारको लागि माओवादी आन्दोलनमा एकाकार हुन आवश्यक ।’ प्रचण्डले उद्घाटन गरेको थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनमा कञ्चनपुरदेखि झापासम्मका तराईका २४ जिल्लाबाट करिब साढे ७०० जना प्रतिनिधि सहभागी छन् ।

बुधबार, फागुन २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.