धनगढी, २० फागुन / चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा उम्मेदवार तयार गर्न विभिन्न राजनितिक दलहरुको चहलपहल बढ्न थालेका छन् ।
स्ववियुकै चहलपहलसँगै कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले स्वतन्त्र टिम दर्ता गराएका छन् ।
पछिल्लो समयमा देशकै राजनिति प्रति जनतामा देखिएको वितृष्णलाई ध्यानमा राख्दै ऐश्वर्य बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले स्वतन्त्र टिम दर्ता गरेको विद्यार्थी भरत साउदले जानकारी दिए।
क्याम्पस प्रशासनमा स्वतन्त्र टिम दर्ता भएसँगै विद्यार्थीहरुको लहर उर्लिदो अवस्थामा रहेको र स्वतन्त्र विद्यार्थी समुहको पक्षमा विद्यार्थी सकारात्मक रहेका ऐश्वर्य बहुमुखी क्याम्पसका विद्यार्थी उमेषराज जोशीले जानकारी दिए ।